स्वास्थ्य

आन्दोलनभन्दा बिरामीको उपचार प्यारो

जाजरकोट, ८ साउन । यहाँको जिल्ला अस्पतालमा सहज रुपमा बिरामीको उपचार भइरहेको छ । डा गोविन्द केसीको मागभन्दा बिरामीको स्वास्थ्य ठूलो भएको भन्दै उपचार कार्यमा लागिएको स्वास्थ्यकर्मी भीमराज सिंहले बताउनुभयो ।

दैनिक २० भन्दा बढी बिरामी आउने जिल्ला अस्पतालमा केही दिन बन्द ओपिडी सेवा आजबाट सहज रुपमा खुलेर बिरामीको उपचार शुरु भएको छ । बिरामीले उपचार पाउने मौलिक हक खोसिएको भन्दै स्वास्थ्यकर्मी विभाजित भएपछि ओपिडी सेवा आज खुलेको हो ।

केन्द्रबाट अस्पतालमा बिरामीको उपचार नगर्न दबाब आए पनि यहाँका स्वास्थ्यकर्मीले केन्द्रको भनाइलाई नमानेको बताएका छन् ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक