Uncategorized

समृद्ध अर्जुनधाराको लागि छलफल

अर्जुनधारा, ८ साउन । पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्र बीच नगरस्तरीय बैठक बस्र्दे पार्टीको नीति तथा कार्यक्रम माथि छलफल भएको छ ।

छलफल समृद्ध अर्जुनधारा नगर बनाउनेमा केन्द्रित भएको सहभागी नेताहरुले बताएका छन् । कार्यक्रमका प्रमुख अतिथी नेकपाका केन्द्रिय सदस्य नरेश खरेलले पार्टीले आन्तरिक एकतामा जोड दिनुपर्ने बताउँदै जनताले प्राप्त गरेको उपलब्धीलाई अगाडि बढाउन पार्टीअघि बढ्नु पर्ने बताए ।

झापा –२ प्रतिनिधि सभा सदस्य पवित्रा खरेलले आफ्नो क्षेत्रमा केन्द्र सरकारबाट विनियोजित बजेटको बारेमा जानकारी गराएकी थिइन् । त्यस्तै अर्जुनधारा नगर प्रमुख हरि कुमार रानाले पूर्वाधार विकास अहिलेको समाजको मुख्य आवश्यकता भएको बताए । उनले भने– कृषि र पर्यटन लगायतको विकासका लागि पनि सडक नै चाहिने भएकाले पूर्वाधार विकासमा नगरले ध्यान केन्द्रित गरेको बताए ।

नगर कमिटी अध्यक्ष दिपेन्द्र लम्सालको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा युवा संघ नेपाल केन्द्रीय सदस्य प्रत्यूस आजात राना, पूर्व केन्द्रीय सदस्य भूपेन्द्र न्यौपाने, खगेन्द्र नेपाल, नारद दुखी, अस्मिता कन्दङवा, तारा सुवदी, पूर्व सल्लाकार सदस्य चेतनाथ सापकोटा, पूर्व जिल्ला सदस्य योगेन्द्र आचार्य, लोकमान श्रेष्ठ, भोला परियार, कुसुम राई, श्यामप्रसाद निरौला, नेकपा एमाले पूर्व नगर कमिटी सदस्य तुलसी श्रेष्ठ, नगर सचिव मित्र खतिवडा, अर्जुनधारा नगर उप–प्रमुख कमला खतिवडा लगायतको आतिथ्य रहेको थियो ।

बैठकमा अर्जुनधारा नगरमा नेकपाको तर्फबाट निर्वाचित जनप्रतिनिधि सहित पूर्व विभिन्न भातृ संगठनका नेता तथा कार्यकर्ताको समेत सहभागिता रहेको जनाइएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक