स्थानीय खबर

सिन्धुपाल्चोकमा ४.३ रिक्टरको भूकम्प

काठमाडौँ, ८ साउन । सिन्धुपाल्चोकको इचोक क्षेत्र आसपास केन्द्रविन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ ।

साँझ ५ बजेर ४४ मिनेट जाँदा ४।३ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । यसअघि आजै बिहान धादिङको गजुरी आसपास केन्द्रविन्दु बनाई ४।८ रिक्टर स्केलको परकम्प गएको थियो ।

केन्द्रका विवरणअनुसार गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रविन्दु भएर ४।१ रिक्टर स्केलको परकम्प गएको थियो । त्यस्तै, गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रविन्दु भई पाँच रिक्टरको परकम्प गएको थियो । केन्द्रका प्रमुख लोक विजय अधिकारीका अनुसार विसं २०७२ को गोरखा ९७।६ रिक्टर स्केल० भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५०६ पटक परकम्प गएका छन् ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक