Uncategorized समाज स्थानीय खबर

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र पिता वरिष्ठ कलाकार मिश्रको निधन

काठमाडौँ, २३ साउन । वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ ।

आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापबाट ग्रसित मिश्र दुई दशकदेखि आफ्नो निवास (गुफा)बाट बाहिर निस्कनु भएको थिएन ।

उहाँको आत्मकथा ‘हर्मिताजः अढाइ दशक गुफामा’ दुई वर्षअघि प्रकाशित भएको थियो । मिश्र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र तथा ‘कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन’का प्रिन्सिपल डा मञ्जु मिश्रका पिता हुनुहुन्छ ।

कान्छो छोरा विदेशबाट आएपछि सम्भवतः बिहीबार मिश्रको अन्त्येष्टि गरिने छ । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box