स्थानीय खबर

झापाका पुराना अग्रज नेता जीतबहादुर पुरीको अवशानले कांग्रेसमा क्षति

विर्तामोड, २४ फागुन । नेपाली कांग्रेस झापाका पुराना अग्रज नेता जीतबहादुर पुरीको बिहीबार भद्रपुरस्थित मेची खोलामा अन्त्येष्टी गरिएको छ ।

२०१४ सालमा नेपाली कांग्रेसले गरेको भद्र अवज्ञा आन्दोलनका सक्रिय योद्धा पुरीको पार्थिव शरीरमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र जिल्ला पार्टीसभापति उद्वव थापाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो ।

पञ्चायती विरोधी लामो संघर्षमा जेल र प्रवास बसेर देश र पार्टीका लागि महत्वपूर्ण योगदान गर्नु भएका पुरीको बुधबार निधन भएको थियो ।

यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवाले पुरीकोले आफूलाई अत्यन्तै दुखी बनाएको बताउनु भएको छ । सभापति देउवाले एक प्रेस विज्ञप्ति जारी गर्दै पुरीको निधनले पार्टीले र आफूले एउटा निष्ठावान नेता र मित्र गुमाएको उल्लेख गर्नुभएको छ ।

२०१३ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय पुरीले २०१४ सालमा कांग्रेसले गरेको भद्र अवज्ञा आन्दोलन, तथा पञ्चायत विरोधी संघर्षका क्रममा जेल तथा प्रवासी जीवन समेत विताउनु परेको थियो । २०४६ सालको परिवर्तन पश्चात राष्ट्रियसभाको सदस्य समेत बन्नु भएको थियो ।

पुरीको निधनले एक असल अग्रज र मित्र समेत गुमाएको उल्लेख गर्दै सभापति देउवाले परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

Facebook Comments

फेसबुक

Holler Box