राजनीति विशेष स्थानीय खबर

पूर्वराजा शाह – नेता कार्की भेटः यस्तो भयो कुराकानी

बनियानी, २४ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह र नेपाल कम्युनिष्ट पार्टीका नेता राम कार्कीबीच भेटघाट भएको छ ।

झापाबाट काठमाडौँ जाने क्रममा बुधबार भद्रपुर विमानस्थलको भीआइपी कक्षमा शाह र कार्कीको भेटघाट भएको हो । भेटघाटका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले सुदूर पूर्वी नेपालको विकासको बारेमा चासो राख्नु भएको नेपाल कम्युनिष्ट पार्टी नेता एवम् झापा क्षेत्र नं. १ का सांसद राम कार्कीले बताउनुभयो ।

‘उहाँ (पूर्वराजा ज्ञानेन्द्र शाह) यहाँको विकासको बारेमा धेरै जिज्ञासु हुनुहुन्थ्यो’, नेता कार्कीले रासससँग भन्नुभयो, ‘मेची करिडोर निर्माणको विषयमा पनि कुरा भयो ।’

भारत–पाकिस्तान बीचको तनावका बारेमा पूर्वराजा ज्ञानेन्द्रले चासो व्यक्त गर्नुभएको उहाँले बताउनुभयो । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य समेत रहनुभएका नेता कार्कीसँग पूर्वराजा ज्ञानेन्द्र शाहले भारत, पाकिस्तान, भेनुजुला लगायतका देशको भूराजनीतिको विषयमा चासो राख्नुभएको थियो ।

पूर्वराजा ज्ञानेन्द्र–नेता कार्की बीच करिब आधा घण्टाको भेटघाटका क्रममा पूर्वी नेपालको विकास र भूराजनीतिका विषयमा चासो व्यक्त गरेको आफू दार्जिलिङ, सिक्किम जाने विषयमा सञ्चारमाध्यममा आएको कुराजस्तो नभएको बताएको जनाइएको छ ।

Facebook Comments

फेसबुक

Holler Box