विशेष स्थानीय खबर

काली मन्दिरको पुनरनिर्माणका लागि सरोकारवालासित छलफल

भद्रपुर, २८ बैशाख । भद्रपुर १० स्थित चन्द्रगढी बजारमा रहेको चन्द्रगढी क्षेत्रकै पूरानो मन्दिरको पहिचान बनाएको काली मन्दिरको पुनरनिर्माणका लागि सरोकारवालासित छलफल गरिएको छ ।

काली मन्दिर पुनरनिर्माण समितिको आयोजनामा स्थानीय जनप्रतिनिधि, समाजका अगुवा बुद्धिजीवि, दाता तथा समाजसेवी, मन्दिर व्यवस्थापन समिति लगायतका पदाधिकारीसित छलफल गरिएको हो ।

वि सं २०२२ मा चन्द्रगढी ७ का वडाध्यक्ष बमसिंह राजवंशीको पहलमा पूजाआजा सुरु गरी समाजलाई हस्तान्तरण गरिएको सो मन्दिर जीर्ण बन्दै गएपछि मन्दिर व्यवस्थापन समितिले निर्माण समिति गठन गरी आवश्यक रकम जोहोका लागि जिम्मेवारी दिएपछि निर्माण समिति मन्दिर निर्माणका लागि स्थानीय सरोकारवालासित गएको हो ।

मन्दिर पुनरनिर्माण समितिका अध्यक्ष भीम पौडेलको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर ७ का अध्यक्ष विनोदप्रसाद पोखरेल, ८ का अध्यक्ष गौरव सुब्बा मनोज, ९ का अध्यक्ष शनिलाल राजवंशी लगायतले धारणा राख्दै मन्दिर समाजको साझा सम्पत्ति भएकाले संरक्षणमा सवै मिलेर लाग्नु पर्ने सुझाव दिएका थिए ।

समितिका सदस्य धनप्रसाद शिवाकोटीले स्वागत गरेको कार्यक्रममा समितिका उपाध्यक्ष मोहन कुमाइले कार्यपत्र प्रस्तुत गर्दै मन्दिर सञ्चालनको विगत वर्तमान तथा भावी योजना प्रष्ट्याएका थिए ।

Facebook Comments

फेसबुक

Holler Box