स्थानीय खबर

प्रज्ञा एकाडेमीका विद्ययार्थीहरुलाई ट्राफिक नियमको जानकारी

भद्रपुर, २८ बैशाख । रोटरी क्लब अफ भद्रपुर र ट्राफिक प्रहरी कार्यालय भद्रपुरको संयुक्त आयोजनामा संचालन भइरहेको सडक सुरक्षा सप्ताह कार्यक्रम अन्तर्गत शुक्रबार प्रज्ञा एकाडेमी चन्द्रगढीका विध्यार्थीहरुलाइ ट्राफिक नियमको वारेमा जानकारी गराइएको छ ।

कार्यक्रममा ट्राफिक नियमका वारेमा प्रहरी नायब निरीक्षक विकास भट्टराई र ट्राफिक चिन्हको वारेमा ट्राफिक प्रहरी प्रकाश अधिकारीले जानकारी गराउनु भएको थियो ।

रोटरी क्लव अफ भद्रपुरका चार्टर प्रेसिडेन्ट किशोर पराजुलीको अध्यक्षता, प्रज्ञा एकाडेमिका प्रिन्सीपल इशुभ पाण्डेको स्वागत तथा शिक्षक राजेश निरौलाले संचालन गर्नुभएको कार्यक्रममा रोटरियन विनोद चापागाइ, विगत ओझा, पवन श्रेष्ठ र इश्वर अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

Facebook Comments

फेसबुक