Uncategorized समाज

सुनसरीमा मोटरसाइकल दुर्घटनाः १ जानको मृत्यु २ घाईते

सुनसरी, ३ साउन । सुनसरीको गढी गाउँपालिका–५ मा भएको मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

बिहिवार अपरान्ह ५ बजेको समयमा तिनमोहडी स्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ गईरहेको को १० प ४८७१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टिई छेउमै रहेको पानीको खाल्डोमा पर्दा मोटरसाईकल चालक गढी गाउँपालिका–६ का ३० बर्षीय राजेश्वर मण्डल घाईते भई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मोटरसाईकल पछाडी सवार गढी गाउँपालिका–६ का २१ बर्षीय जितेन मण्डल र २२ बर्षीय कैलाश भन्ने राम नारायण मण्डल सामान्य घाईते भएको उक्त कार्यालयले जनाएको छ ।

Facebook Comments

फेसबुक