विशेष समाज स्थानीय खबर

रविको समर्थन गर्दै झापाको गौरादहमा प्रदर्शन

गौरादह  श्रावण ४- सालिकराम पुडासैनीको मृत्युको विषयलाई  लिएर प्रहरी  अनुसन्धानमा पक्राउ परेका पत्रकार रवि लामिछानेको रिहाईको माग गर्दै झापाको गौरादहमा पनि रवि समर्थकहरुले प्रदर्शनी गरेका छन् । बुधबार साझ ५ बजे स्वतस्फूर्त रूपमा  शुरु भएको विरोध प्रदर्शनी गौरादह बजार बाट शुरु भइ डिपु चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । 

उच्च संख्यामा उपस्थित भएका स्थानीय महिला, युवा, तथा व्यापारीहरुको उच्च सहभागिता रहेको थियो । पिडितलाई न्याय देउ, निर्दोष  रविलाई रिहाई गर लेखिएका ब्यानर, पोस्टरहरु सहित विरोधमा उत्रिएका स्थानीयहरुले रविको रिहाई नहुन्जेल सम्म विरोधका कार्यक्रमहरु सशक्त ढंगले बढाइराख्ने बताएका छन् ।  

कोणसभामा बोल्दै स्थानीय युवा तथा राजनीतिज्ञ  लय बरालले  भ्रष्टाचार र आतंकले मुलुक तहसनहस हुन लागेको भन्दै सरकारको लाचारीपनले मुलुक बर्बादी तर्फ धकेलिएको बताए । अब हजारौं रवि जन्मिने बताउदै बरालले दुई तिहाईको सरकारको औचित्य सकिएको ठोकुवा गरे । सोही अवसरमा सम्बोधन गर्दै राजन खनालले रवि लामिछाने निर्दोष रहेकोे र उसलाई जबर्जस्ति दोषी घोषणा गर्न लागिएको भन्दै आक्रोश व्यक्त गरे ।

स्थानीय युवा बाबुराम नेपालले रवि लामिछाने लाई फसाउन लागिएकोले अब जनताले खबरदारी गर्नुको विकल्प नरहेको बताए । रवि लामिछाने सबै नेपालीको मनमा सजिएका छन् भन्दै उनले अन्याय र अत्याचारको विरुद्ध आवाज उठाउने रविको रिहाईको लागि थप संघर्षका कार्यक्रम घोषणा गरिने बताए । स्थानीय महिला नेत्री प्रेमकुमारी घिमिरेले निस्पक्ष छानबिन हुने कुरामा संका उब्जिएको बताइन ।

पुडासैनीको हत्या नै गरिएको प्रमाणहरु प्रशस्त भेटिएको भएतापनि रवि जस्तो निर्दोष व्यक्तिलाई फसाउने नियत प्रष्ट देखिएको बताइन् । युवाहरुले धैर्यता पुर्वक शान्तिपुर्ण आन्दोलनका थप कार्यक्रम घोषणा गरिने र रवि लामिछानेको रिहाइ नभएसम्म आन्दोलन जारी राख्ने बताएकाछन्  । 

Facebook Comments

फेसबुक

Holler Box