समाज स्थानीय खबर

ट्राफिक नियम मिच्ने सवारी साधनमा ‘चावी’

दमक, २९ भदौ । दमकको ट्राफिक तथा सडक व्यवस्थापन अस्तव्यस्त भएपछि ट्राफिक प्रहरीले कडाई शुरु गरेको छ । ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्ने सवारी साधनको चक्कामा चावी लगाउन शुरु गरेको छ ।

शनिवार ट्राफिक प्रहरीले बढि व्यस्त हुने जेसीज चोक क्षेत्रमा पार्किङ् निषेध गरिएका केहि सवारी साधनमा ह्विल लक गरि कारवाही शुरु गरेको छ । एकैदिन दुई दर्जन बढी त्यस्ता सवारी साधनलाई ट्राफिक नियमानुसार कारवाहीमा परेको जनाईएको छ ।

यसरी लक गरिएका सवारी साधन ट्राफिक कार्यालयमा पुगेर नियम अनुसार जरिवाना तिरे पछि मात्र सवारी धनीले चावी पाउने ट्राफिक प्रहरी कार्यालय दमकका इञ्चार्ज यज्ञप्रसाद शर्माले बताए । शनिवार लक गरिएका सवारी साधनमा सर्वसाधारणका मोटरसाईकल, यात्रु बोक्ने अटो देखि चिकित्सकका सवारी साधन समेत रहेका छन् ।

Facebook Comments

फेसबुक

Holler Box