विशेष स्थानीय खबर

झापामा श्रीमतीको काजकिरिया गर्दै पाठक

कनकाई, ५ असोज । हिन्दू परम्परा अनुसार श्रीमतीको निधन हुँदा श्रीमानले काज किरिया (दशगात्र कर्म) गर्नु पर्दैन भन्ने मान्यता छ । कतिपयले त श्रीमतीको निधन भएको ४५ दिन पनि नपुग्दै दोस्रो विवाह समेत गरेको देखिन्छ ।

तर, झापाको कनकाई नगरपालिका– ५ टेक्रा निवासी दीर्घराज पाठकले भने फरक उदाहरण देखाएका छन् । उनकी ३७ वर्षीया अमृता पाठकको निधन भएपछि उनी १३ दिनको पुण्यकर्ममा बसेका छन् । उनी आफ्नो छोरी र भाउजुसँगै श्रीमतीको काजकिरिया बसेका हुन् । यसरी श्रीमातीको निधन भएपछि दशगात्र कर्ममा बसेका उनको कामलाई गाउँमा उदाहरणीय भन्दै प्रशंसा गरिएको छ ।

Facebook Comments

फेसबुक

Holler Box