समाज स्थानीय खबर

झापामा लागु औषध सहित एक जना पक्राउ

झापा, ६ असोज । झापाको मेचीनगर नगरपालिका–६ बाट १४ बोतल स्कप नामक लागुऔषध सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मेचीनगर ६ मा रहेको शर्मा होटल एण्ड लजको कोठा नम्बर ७ मा लागु औषध सहित मानिस रहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका(७ का २६ बर्षीय चिरञ्जीवी तिम्सिनालाई १४ बोतल स्कप नामक लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।

लागुऔषध सहित पक्राउ परेका तिम्सिनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Facebook Comments

फेसबुक

Holler Box