समाज स्थानीय खबर

हडिया खोलाले बगाई बेपत्ता सार्कीको शव फेला

बनियानी, ८ असोज । खोलाले बगाएर बेपत्ता भएका झापा मेचीनगर–१४ धाइजनका ४० वर्षीय कृष्णबहादुर सार्कीको शव फेला परेको छ ।

उनलाई आज बिहान ११ः४५ बजे स्थानीय हडिया खोलाले बगाएर बेपत्ता बनाएको थियो । स्थानीयबासीको सहयोगमा खोज तलासको क्रममा आज दिउँसो उनको सोही नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments

फेसबुक

Holler Box