स्थानीय खबर

एमरल्डमा अन्तरकक्षा हाजिरी जवाफ

भद्रपुर, ९ असोज । भद्रपुर–७ स्थित एमरल्ड एकाडमी कलेजमा अन्तर कक्षा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । कलेजको वार्षिक कार्यक्रम अन्र्तगत अतिरिक्त कृयाकलापका लागि अन्तर कक्षा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको हो ।

प्रतियोगितामा बिबिएस टिम प्रथम हुन सफल भयो भने साइन्स टिम उपविजेता बनेको छ । प्रतियोगितामा म्यानेजमेन्ट समूह, होटल म्यानेजमेन्ट, साइन्स र बिबिएस गरी ४ वटा टिमले भाग लिएका थिए । विजेता तथा उपविजेता टिमलाई सहायक क्याम्पस प्रमुख प्रमिला भट्टराइृ अधिकारी तथा सह प्राध्यापक कुसुम अधिकारी पराजुलीले पुरस्कृत गरेका थिए ।

सह प्राध्यापक वेदप्रकाश घिमिरे तथा दिपक अग्रवालले सहजीकरण गरेको कार्यक्रममा कलेजमा अध्ययनरत छात्र विक्रम राई तथा शुलभ पोखरेलले विविध गीत सहित साँगितिक प्रस्तुती दिएका थिए ।

Facebook Comments

फेसबुक

Holler Box