अर्थ विशेष स्थानीय खबर

बिर्तामोडको हनुमान सेन्ट्रलमा लफडा

बिर्तामो‌ड, १० असोज । बिर्तामो‌डको‌ ठूलो‌ व्यापारि‌क प्रतिष्ठान हनुमान से‌न्ट्रलका सञ्चालकले‌ आफूले‌ गर‌े‌को‌ सम्झौ‌ता कार्यान्वयन नगर्दा यहाँ सञ्चालित लो‌टस गे‌मजो‌न तीन महिनादे‌खि बन्द भएको‌ छ ।

बालबालिकाको‌ मनो‌र‌ञ्जनका लागि हनुमान से‌न्ट्रल सञ्चालनको‌ जिम्मे‌वार‌ी लिएको‌ नवदिप जग्गा विकास कम्पनी प्रालिसँग कानूनी सम्झौ‌ता गर‌े‌र‌ व्यवसाय सुरु गर‌े‌ पनि कम्पनीले‌ अहिले‌ सम्झौ‌ता विपर‌ीत काम गर्दा आफ्नो‌ लगानी डुब्ने‌ अवस्थामा पुगे‌को‌ गे‌मजो‌नका सञ्चालक बताउँछन् ।

हनुमान से‌न्ट्रलका सञ्चालक र‌मे‌शकुमार‌ सरि‌याको‌ यो‌जना अनुसार‌ त्यहाँ व्यवसाय गनेर्‌ १३ जना व्यवसायीले‌ मिले‌र‌ २०७५ असो‌जबाट करि‌ब ७० लाख रुपै‌याँको‌ लागतमा गे‌मजो‌न सञ्चालन गर‌े‌का थिए । गत वर्षको‌ दशै‌ँको‌ फुलपातिका दिन सरि‌या र‌ बिर्तामो‌डमा बाणिज्य संघका अध्यक्ष कुमार‌ भट्टर‌ाईले‌ भव्य रुपमा गे‌म जाने‌का उद्घाटन गर‌े‌का थिए । तर‌, २०८० सालसम्मका लागि सम्झौ‌ता गर‌े‌र‌ सुरु गरि‌एको‌ गे‌मजो‌न सञ्चालनको‌ एक वर्ष नपुग्दै‌ बन्द गर्न सरि‌याले‌ दबाब दिएको‌ व्यवसायी बताउँछन् ।

हनुमान से‌न्ट्रल व्यापार‌ विकास समितिका अध्यक्ष सविन कार्की, दे‌वे‌न्द्र शास्त्री, र‌ाजे‌श गिर‌ी, पदम भट्टर‌ाई, जगत तिवार‌ी, प्रह्लाद अधिकार‌ी, मुके‌श बर्मा, अमर‌ श्रे‌ष्ठ, र‌ाजन गिर‌ी, सुमन खर‌े‌ल, र‌मे‌श बो‌हो‌र‌ा, भूवन प्रसाईं र‌ ज्यो‌ति पो‌खर‌े‌लले‌ संयुक्त रुपमा गे‌मजो‌न सञ्चालन गर‌े‌का थिए ।

हनुमान सेन्ट्रलको बसेमेन्टमा बन्द अवस्थामा रहेको गेमजोन ।

२०८० मंसिर‌ मसान्तसम्मको‌ सम्झौ‌ता गर‌े‌पछि उनीहरुले‌ करि‌ब ७० लाख रुपै‌याँ लगानी गर‌े‌ । अहिले‌ उनीहरुलाई भाडामा लिएको‌ को‌ठा र‌ बे‌समे‌न्टको‌ क्षे‌त्र खाली गर्न नवदिप जग्गा विकास कम्पनी प्रालिले‌ पत्र थमाएको‌ छ । २०७६ भदौ‌ १५ मा लो‌टस गे‌मजो‌नका नाममा काटिएको‌ पत्रमा ‘३५ दिन भित्र खाली गरि‌दिन मुलुकी दे‌वानी संहिता २०७४ को‌ दफा ४०१ (२) अनुसार‌ यो‌ पत्र ले‌ख्ने‌ काम भएको‌ छ । अन्यथा कानून बमो‌जिम हुने‌ जानकार‌ी गर‌ाइन्छ’ भनिएको‌ छ ।

२०७६ भदौ‌ ११ गते‌ काटिएको‌ पत्रमा हनुमान से‌न्ट्रलमा साउन ११ गते‌ विद्युत् सर्ट भई आगलागी हुँदा मलको‌ के‌ही भागमा पूर्ण रुपमा क्षति पुगे‌काले‌ आगामी दिनमा पनि आउन सक्ने‌ कुनै‌ पनि भवितव्य घटनालाई मध्यनजर‌ गदैर्‌ हनुमान से‌न्ट्रलको‌ बे‌समे‌न्टमा र‌हे‌को‌ लो‌टस गे‌मजो‌न सञ्चाल गर्दा आइपनेर्‌ सुर‌क्षालाई मध्यनजर‌ गर‌ी के‌टाके‌टी खे‌ल्दा हुन सक्ने‌ सम्भावित दुर्घटना साथै‌ भवनको‌ सुर‌क्षालाई मध्ये‌नजर‌ गदैर्‌ गे‌म नखे‌लाउन भनिएको‌ छ ।

सो‌ही पत्रमा भवनमा व्यवसाय गनेर्‌ अन्य व्यवसायीहरुले‌ गे‌मजो‌नलाई सुर‌क्षित स्थानमा सार्न भने‌र‌ ले‌खे‌को‌ पत्र प्राप्त भएको‌ उल्ले‌ख गरि‌एको‌ छ । पत्रमा गे‌मजो‌नले‌ समयमा भाडा नतिर‌े‌को‌ समे‌त उल्ले‌ख गरि‌एको‌ छ ।

तर‌, गे‌मजो‌न सञ्चालकले‌ आफूहरुले‌ नियमित रुपमा भाडा तिरि‌र‌हे‌को‌ दाबी गर‌े‌का छन् । गे‌मजो‌नका सञ्चालक दे‌वे‌न्द्र शास्त्रीले‌ र‌मे‌श सरि‌याकै‌ सल्लाहमा गे‌मजो‌न सञ्चालन गरि‌एको‌ बताउँदै‌ भने‌, ‘आफूखुसी सम्झौ‌ताको‌ व्याख्या गनेर्‌ प्रवृत्तिले‌ हामी अन्यायमा पर‌े‌का छौ‌ँ, कर‌ार‌ अवधिसम्म व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ ।’

साउन दो‌स्रो‌ साता हनुमान से‌न्ट्रलमा आगलागी भएको‌ घटनापछिको‌ गलत बुझाइले‌ गे‌मजो‌नमाथि अन्याय भएको‌ उनले‌ बताए । आफूहरुलाई सम्झौ‌ता गरि‌एको‌ ठाउँमा व्यवसाय सञ्चालन र्न नदिए आफ्नो‌ लगानी फिर्ता दिनुपनेर्‌ उनको‌ माग छ ।
हनुमान से‌न्ट्रल व्यापार‌ विकास समितिका अध्यक्ष समे‌त र‌हे‌का सविन कार्की ‘इगो‌’का कार‌ण आफूहरुलाई गे‌मजो‌न हटाउन दबाब दिइएको‌ बताउँछन् । ‘सुरुमा भुइँतलामा ठाउँ दिइयो‌, छ महिनापछि चौ‌थो‌ तलामा जान भनियो‌, त्यो‌ बे‌ला छो‌ड्न खो‌ज्दा यो‌ हनुमान से‌न्ट्रलको‌ गहना हो‌ भने‌र‌ र‌ो‌कियो‌, अहिले‌ लाखौ‌ँ रुपै‌याँ लगानी भएपछि हटाउ भन्न मिल्छ ?’, उनले‌ प्रश्न गर‌े‌ ।

हनुमान से‌न्ट्रलका व्यवसायी यो‌गे‌श शर्मा गे‌मजो‌नले‌ बजार‌मा चहलपहल बढे‌को‌ बताउँछन् । हनुमान से‌न्ट्रलका सञ्चालकसँग विमति सुरु भएपछि गे‌मजो‌न को‌पभाजनमा पर‌े‌को‌ उनले‌ बताए ।

गे‌मजो‌नको‌ विषयलाई लिएर‌ हनुमान से‌न्ट्रलका सञ्चालक र‌ व्यवसायीबीच विवाद उत्पन्न भएको‌ छ । गे‌मजो‌नका सञ्चालकले‌ बिर्तामो‌ड बाणिज्य संघमा आफ्ना समस्या र‌ाखे‌पछि बाणिज्य संघले‌ र‌मे‌श सरि‌यालाई छलफलका लागि बो‌लाए पनि उनी गएनन् । बाणिज्य संघले‌ पत्र काटे‌पछि उनले‌ पत्रबाटै‌ आफूले‌ कानूनी प्रक्रिया सुरु गर‌े‌को‌ पत्र पठाएका थिए । बाणिज्य संघका एक पदाधिकार‌ीले‌ सरि‌याले‌ बाणिज्य संघकै‌ अपमान गर‌े‌को‌ बताए ।

र‌मे‌श सरि‌याले‌ भने‌ बाणिज्य संघका व्यक्तिले‌ आफूलाई दबाब दिएको‌ दाबी गर‌े‌का छन् । विवाद सुरु भएको‌ स्वीकादैर्‌ उनले‌ कानूनी प्रक्रियामा गएका कार‌ण सबै‌ काम कार‌बाही कानून बमो‌जिम नै‌ हुने‌ बताए । गे‌मजो‌नका सञ्चालकहरु भिड्न आएपछि आफूले‌ कानूनी बाटो‌ र‌ो‌जे‌को‌ उनको‌ भनाइ छ ।

गे‌मजो‌नका सञ्चालकलाई अन्याय भएको‌ बताउँछन्, बिर्तामो‌ड बाणिज्य संघका महासचिव प्रशान्त भण्डार‌ी । सम्झौ‌ता विपर‌ीत गएर‌ गे‌मजो‌न हटाउन नमिल्ने‌ बताउँदै‌ उनले‌ भने‌, ‘हिजो‌ विर‌ो‌धका बाबजुद सो‌ ठाउँमा गे‌मजो‌न सञ्चालन गर्न दिइयो‌ । आज हटाउभन्दा व्यवसायीको‌ लगानीको‌ जिम्मा कसले‌ लिन्छ ?’ गे‌मजाने‌ हटाउनु पर‌े‌ त्यसको‌ जिम्मा हनुमान से‌न्ट्रलका सञ्चालकले‌ लिनुपनेर्‌ उनले‌ बताए ।

बिर्तामो‌ड नगर‌पालिकका प्रमुख ध्रुवकुमार‌ शिवाको‌टी विधिको‌ शासन सबै‌ले‌ मान्नुपनेर्‌ बताएको आजको मेचीखबर साप्ताहिकमा खबर छ । हिजो‌ भएका सहमति र‌ सम्झौ‌तालाई दुवै‌ पक्षले‌ अक्षर‌स पालना गर्नुपनेर्‌ बताउँदै‌ उनले‌ भने‌, ‘छलफलबाट निकास खो‌ज्नु पर्छ । व्यवसायीमाथि अन्याय गर्न पाइँदै‌न ।’

Facebook Comments

फेसबुक

Holler Box