विशेष स्थानीय खबर

दशैं खर्च नदिने विद्यालयप्रति कडा कदम चालिन्छः इस्टु

गौरादह, १४ असोज । श्रम ऐन अनुसार निजी विद्यालयमा कार्यरत शिक्षकलाई दशैं खर्च नदिने विद्यालयप्रति इस्टु गम्भीर देखिएको छ ।

बारम्बार ध्यानाकर्षण गराउँदा पनि ऐनमा नै उल्लेख गरिएको दशैं खर्च दिन अस्विकार गर्ने विद्यालयलाई इस्टु पदाधिकारीहरुले मुद्दा हाल्ने बताएका छन् । इस्टु झापा जिल्ला अध्यक्ष होमराज खतिवडा ऐन नियम उल्लंघन गर्ने विद्यालयप्रति इस्टुले कडा खबरदारी बताउँछन् ।

‘हामीले सहज ढंगले निकास निस्किन्छ भन्ने सोचेका थियौं तर धेरै विद्यालयहरुले चाडबाड मनाउनको लागि दिनुपर्ने दशैं खर्च आफैंले राख्ने गरेको प्रती गम्भीर हुनुपरेको छ’, खतिवडाले भने ।

Facebook Comments

फेसबुक

Holler Box