विशेष स्थानीय खबर

बे‌थितिको‌ चर‌मो‌त्कर्षः नगर‌पालिका धाउँदाधाउँदै‌ गयो‌ प्राण !

सान ने‌पाल
गौरादह, १५ असोज ।
गौ‌र‌ादह नगर‌पालिका सो‌मबार‌ दिनभर‌ तनावग्रस्त दे‌खियो‌ । गौ‌र‌ादह–८ बै‌र‌ातीका धनवीर‌ र‌ाजवंशीको‌ मृत्युुको‌ विषयलाई लिएर‌ स्थानीयले‌ नगर‌पालिकामा दिनभर‌ धर्ना दिएका हुन् ।

मृतक र‌ाजवंशी वै‌र‌ाती बजार‌ टहर‌ा निर्माण उपभो‌क्ता समितिका अध्यक्ष र‌हे‌का थिए । टहर‌ा निर्माण सम्पन्न गर‌ी बार‌म्बार‌ धाउँदा समे‌त फर‌फार‌क गर्न अस्वीकार‌ गर‌े‌काले‌ र‌ाजवंशीले‌ मृत्युवर‌ण गर्नुपर‌े‌को‌ मृतकका आफन्तले‌ आर‌ो‌प लगाएका छन् ।

विभिन्न बहानाबाजी गदैर्‌ नगद भुक्तानी गर्न अस्वीकार‌ गर‌े‌काले‌ आफ्नो‌ बाबुको‌ मृत्यु भएको‌ भन्दै‌ मृतकका छो‌र‌ा सूर्य र‌ाजवंशीले‌ प्रहर‌ीमा किटानी जाहे‌र‌ी दिएका छन् । नगर‌पालिका इन्जिनियर‌ सचिन क्षे‌त्रीले‌ बै‌र‌ाती बजार‌मा समितिका अध्यक्ष मृतक र‌ाजवंशीलाई उपभो‌क्ता समितिको‌े‌े‌े‌ कागजात नपुगे‌को‌, काम सम्पन्न नभएको‌ र‌ अन्य बिल भौ‌चर‌ अपुग र‌हे‌े‌को‌ भन्दै‌ै‌ पटक–पटक नगर‌पालिकाबाट फर्काइएको‌े‌ जसको‌ तनावका कार‌ण र‌ाजवंशीको‌े‌ मृत्युु भएको‌ जाहे‌र‌ीमा उल्ले‌ख छ ।

स्थानीयहरूले‌ ५८ वर्षीय मृतक धनविर‌ र‌ाजवंशीको‌ लाश नगर‌पालिका परि‌सर‌मा र‌ाखे‌र‌ बिहानदे‌खि नै‌ नार‌ाबाजीका साथ प्रदर्शन गरि‌एको‌ छ । स्थानीयहरूले‌ ‘दो‌षीलाई कार‌बाही गर‌, भ्रष्ट कर्मचार‌ीलाई बर‌खास्त गर‌, पिडितलाई न्याय दे‌’ भन्दै‌ नार‌ाबाजी गदैर्‌ कार्यालय घे‌र‌ाउ गर‌े‌का थिए ।

मृतक र‌ाजवंशी गौ‌र‌ादह नगर‌पालिका वडा नं. ८ भुडिसिमलस्थित वै‌र‌ाती बजार‌मा सम्पन्न भएको‌ टहर‌ा निर्माणको‌ भुक्तानी लिन आइतबार‌ नगर‌पालिका गएका थिए । यसअघि पनि उनी भुक्तानीका लागि पटक–पटक नगर‌पालिका धाइर‌हे‌का थिए ।

नगर‌पालिकाले‌ उक्त टहर‌ा निर्माणका लागि आर्थिक वर्ष २०७५÷७६ को‌ बजे‌टबाट तीन लाख रूपै‌याँ छुट्याएको‌ थियो‌ । करि‌ब २ बजे‌ तिर‌ नगर‌पालिका गएका र‌ाजवंशी निजको‌ अध्यक्षतामा बने‌को‌ उपभो‌क्ता समितिको‌ फाइल भुक्तानीका लागि अघि नबढे‌पछि बाहिर‌ गे‌टमा एक्कासी बमिट गर‌े‌र‌ बे‌हो‌स भएको‌ कार्यपालिका सदस्य पे‌क्ठु र‌ाजवंशीले‌ बताए । बे‌हो‌स भएलगतै‌ उनलाई उपचार‌का लागि दमक अस्पताल पु¥याए पनि उपचार‌ असम्भव भएपछि विर‌ाटनगर‌स्थित नो‌बे‌ल हस्पिटल पु¥याइएको‌ थियो‌ । हस्पिटल पु¥याउने‌ बित्तिकै‌ र‌ाजवंशीलाई मृतक घो‌षित गरि‌एको‌ बताइएको‌ छ ।

मृतक र‌ाजवंशीको‌ अध्यक्षतामा टहर‌ा निर्माण समिति जे‌ठको‌ अन्तिम सातामा गठन भई असार‌ महिनामै‌ निर्माण कार्य सम्पन्न गर‌को‌ थियो‌ । गौ‌र‌ादह नगर‌पालिका वडा नं. ८ का अध्यक्ष भूमिर‌ाज पो‌खर‌े‌ल समयमै‌ काम सप्पन्न भएको‌ टहर‌ाको‌ फर‌फार‌क नगरि‌एको‌ विषयमा आफू आश्चार्यचकित भएको‌ बताउँछन् ।

सो‌मबार‌ बिहान ११ बजे‌ मृतक र‌ाजवंशीको‌ लाश नगर‌पालिका परि‌सर‌ पु¥याइए पछि नगर‌पालिकाको‌ कार्यपालिका बै‌ठक बसे‌को‌ थियो‌ । कार्यपालिकाको‌ बै‌ठक करि‌ब आधा घण्टा बसे‌को‌ थियो‌ ।

बै‌ठकमा तत्काल पीडितलाई बो‌लाई सम्मानसहित उचित क्षतिपूर्ति दिने‌ र‌ छानविन समिति गठन गनेर्‌ भनी अनौ‌पचारि‌क छलफल भए पनि साँझसम्म कुनै‌ औ‌पचारि‌क बै‌ठक हुन नसके‌को‌ बताइएको‌ छ ।

नगर‌पालिकाका ईन्जिनियर‌ सचिन क्षे‌त्रीसँग यो‌ विषयलाई लिएर‌ सम्पर्क गर्न खो‌ज्दा सम्पर्क हुन सके‌न । इन्जिनियर‌ क्षे‌त्री नगर‌पालिकाद्वार‌ा कर‌ार‌मा नियुक्ति गरि‌एका कर्मचार‌ी हुन् । र‌ाजवंशीको‌ मृत्युको‌ विषय गम्भीर‌ र‌हे‌काले‌ सबै‌ कागजात हे‌र‌े‌र‌ मात्र स्पष्ट हुन सकिने‌ वडाध्यक्ष्य सीतार‌ाम भट्टर‌ाईको‌ भनाइ छ ।

यसबै‌ची, सो‌ही विषयलाई लिएर‌ मंगलबार‌ झापाको‌ नगर‌पालिकाको‌ कार्यालय भवनमा ढुंगामुढा भएको‌ छ ।

नगर‌पालिकाका इन्जिनियर‌ सचिनकुमार‌ क्षे‌त्रीका कार‌ण र‌ाजवंशीको‌ मृत्यु भएको‌ आर‌ो‌प लगाउँदै‌ मृतकका आफन्त र‌ स्थानीयले‌ मंगलबार‌ बिहान नगर‌पालिकाको‌ कार्यालयमा ढुंगामुडा गदैर्‌ तो‌डफो‌ड गर‌े‌का हुन् ।

र‌ाजवंशीको‌ परि‌वार‌लाई ५ लाख र‌ाहत
नगर‌पालिकाले‌ मृतक र‌ाजवंशीको‌ परि‌वार‌लाई भर‌णपो‌षणका लागि र‌ाहत स्वरूप ५ लाख रूपै‌याँ र‌ इन्जिनियर‌ सचिन क्षे‌त्रीलाई बर्खास्त गनेर्‌ निर्णय गर‌े‌पछि नगर‌पालिका र‌ स्थानियबीच भएको‌ मंगलबार‌ तनाव साम्य भएको‌ छ । नगर‌पालिकाको‌ कामकार‌बाहीको‌ अनुगमन गनेर्‌, अनियमितता गनेर्‌ कर्मचार‌ीको‌ छानवीन गर‌ी कानुनी कार‌बाहीका लागि सिफारि‌स गनेर्‌ लगायतका कार्यहरू गर्न सुशासन समितिसमे‌त गठन गनेर्‌ निर्णय गर‌े‌को‌ छ ।

Facebook Comments

फेसबुक

Holler Box