स्थानीय खबर

बुद्धशान्तिमा बक्सर बोइजले सांगीतिक कार्यक्रम गर्ने

बुद्धशान्ति, १६ असोज । सामाजिक सेवामा सकृय हुँदै आएको बक्सर बोइज बुद्धशान्ति ३ ले विपन्न विद्यार्थीको सहयोगार्थ असोज २८ गते बुधबारेमा विशेष सांगीतिक कार्यmम गर्ने भएको छ ।

राष्ट्रिय स्तरका कलाकारको सहभागितामा सो दिन बुद्धआदर्श माविमा विशेष सांगितिक कार्यक्रम गर्ने बक्सर बोइजका अध्यक्ष एलिन लिम्बुले जनाएका छन् । उनले गरिवीको चपेटामा परेका विपन्न वर्गका विद्यार्थीका निम्ति बचत भएको पैसा खर्च गरिने जनाएका छन् ।

वि.स २०७१ सालमा स्थापना भएको बक्सर बोइजले समाजमा विभिन्न सामाजिक कार्य गरिरहेको सो संस्थाका सल्लाहकार विनोद नेम्बाङले जनाएका छन् । सो संस्थाले ट्राफिक सचेतना, सरसफाई, सडक पुर्ननिर्माण, जेब्रा क्रसिङ जस्ता कुरा निर्माण गरेको अध्यक्ष लिम्बुले जनाएका छन् । केही सयम अघि सो संस्थाले दुई बेवारिसे अवस्थामा रहेका व्यक्तिका निम्ति घर निर्माण पनि गरेको छ ।

Facebook Comments

फेसबुक

Holler Box