विचित्र विश्व

६५ वर्षीयको प्रेममा १८ वर्षकी युवती, गरे विवाह

एजेन्सी, ७ मङ्सिर । भनिन्छ – ‘मायाँ अन्धो हुन्छ’ त्यसैले त मायाँमा न जात हेरिन्छ, न धर्म, न सीमा न त उमेर नै । यहिँ भनाइलाई चरितार्थ गर्ने एक जोडी अहिले इन्टरनेटमा भाइरल भएका छन् ।

इण्डोनेसियाको गोवामा बस्ने ६२ वर्षका वृद्ध र १८ वर्षकी युवतीबीच प्रेम बसेपछि विवाह गरेका छन् । त्यहाँको एक वेबसाइटले जनाएअनुसार ६२ वर्षीया सुलेमान डाएंग नगम्पा स्थानीय लोहारको पसलमा चक्कु किन्न जाँदा पसलेकी १८ बर्षिया छोरी डायनासँग प्रेम सुरु भएको थियो । एक वर्षको प्रेमपछि उनीहरुले बिहे गरेका हुन् ।

सुलेमान ५ छोराछोरी र ९ नाति नातिनीका अभिभावक हुन् । केही समयअघि उनकी पत्नीको निधन भएको थियो ।

Facebook Comments

फेसबुक

Holler Box