विचित्र विश्व

किशोरीलाई बदाम दिनेलाई साढे ५ लाख जरिवाना !

१६ वर्षकी एक किशोरीलाई बदाम मिसिएको खानेकुरा खान दिएका कारण ५ लाखभन्दा बढी जरिवाना तिर्न लगाइएको छ । बेलायतको राजधानी लण्डनमा भारतीय खाना पाइने यो रेष्टुरेण्टलाई स्थानीय प्राधिकरणले ३ हजार ७६७ पाउण्ड (५ लाख ५८ हजार नेपाली रुपैयाँ) जरिवाना तिराएको हो ।

बेलायती मिडिया डेलिमेलका अनुसार न्यूक्यासल नजिकै टाइनमाउथको एक भारतीय रेष्टुरेण्ट गुलशनमा एक १६ वर्षकी किशोरी परिवारको साथमा खाना खान पुगेकी थिइन् । त्यहाँ कर्मचारीहरुले उनलाई विश्वास दिलाए कि त्यहाँको खाना ताजा र सुरक्षित छ । तर खानामा मिसाइएको बदामका कारण एलर्जी हुँदा किशोरीलाई खाना खानेबित्तिकै जिब्रोमा झनझनाहट हुने र जिब्रो सुन्निने समस्या भयो । किशोरीलाई तत्काल नर्थ टाइनसाइड जनरल हस्पिटलमा भर्ना गरेर उपचार गरियो ।

घटनाको जाँचका लागि जब स्थानीय प्राधिकरणका खाद्य सुरक्षा अधिकारीहरुले खानामा दिइएको चिकन करीको अवशेषको परीक्षण गर्दा यसमा बदामको प्रोटिन पाइयो । यही प्रोटिनका कारण किशोरीलाई एलर्जी भएको थियो ।

यसरी किशोरीलाई भ्राकम जानकारी दिएर खाना सर्भ गरेको र अरु पनि लापरवाही गरेको अभियोगमा प्राधिकरणले गुलशन रेष्टुरेण्टमाथि साढे ५ लाख रुपैयाँको जरिवाना लगाएको समाचारमा उल्लेख गरिएको छ । एजेन्सी

Facebook Comments

फेसबुक

Holler Box