राजनीति

देउवा र पौडल आ–आफ्नै रणनीतिमा

झापा, २८ मंसिर । अन्नपूर्ण पोस्ट दैनिकले कांग्रेस महाधिवेशनलाई लिएर गुटगत विवादमा चर्किको समाचारलाई प्राथमिकताका साथ छापेको छ । समाचारका अनुसार संस्थागत र असन्तुष्ट समूह रणनीति बनाउन शुक्रबार गटगत भेलामा व्यस्त थिए । असन्तुष्ट पक्षले बहिष्कार गरे पनि बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्ताव पेस गरेका थिए ।

सभापति देउवा निवास बूढानिलकण्डमा शुक्रबार उनीनिकट नेताहरुको बैठक गरे । वरिष्ट नेता रामचन्द्र पौडेल समूहको बैठक नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बस्यो । यसरी दुवै नेताले आ–आफ्ना गुटको बैठक बसेर निर्णयसमेत गरेको समाचारमा उल्लेख छ ।

यही विषयलाई कान्तिपुरले पनि ‘किन बल्झिरहन्छ विवाद रु’ शीर्षकमा समाचार लेख्दै कांग्रेसमा अहिले देखिएको विवाद आसन्न महाधिवेशनबाट को नेतृत्वमा आउने भन्नेमा केन्द्रित भएको तर बारम्बार विवाद उठ्नुका पछाडि भने पार्टी सामूहिक वा एकल नेतृत्वबाट चलाउने भन्ने द्विविधा प्रमुख कारण भएको उल्लेख गरेको छ ।

Facebook Comments

फेसबुक