कृषि समाज

कृषि अनुदानमा छद्म भेषी किसानको बोलबाला

झापा, २९ मंसिर । कृषि उत्पादन बढाउन राज्यले दिएको अनुदानमा उदेकलाग्दो बेथिति मौलाएको छ । पौरखी किसानले अनुदानको भेउसमेत पाउँदैनन् भने छद्म किसानले सरकारी कार्यालय धाउँदै बजेट ल्याएको रकम खेतीबारीमा होइन खल्तीमा जम्मा भएको छ ।

प्रदेश ५ सरकारले विभिन्न शीर्षमा दिएको अनुदान दुरुपयोग भएको गुनासो आएपछि प्रदेश सभाको कृषि, वन तथा वातावरण समितिले चार चोली बनाएर स्थलगत अध्ययन गर्दा अनियमितिा उदाङ्गो भएको हो । समितिले अनियमितता भेटिएको भन्दै दोषी कर्मचारीलाई कारवाही गर्न सिफारिससमेत गरेको छ । अध्ययनमा अनुदान दुरुपयोगका अनौठा–अनौठा नमुना भेटिएका छन् ।

कपिलवस्तु नगरपालिका २ मा सञ्चालित हृदय कृषक समूहका सदस्य मानबहाल बरैले ६ लाख अनुदान लिएका थिए । यो अनुदानबाट उनले करेसाबारीमा ६६ वटा काउली रोपेका छन् । रोपेका काउली पनि स्याहार नपाएर माटोमै हराएका छन् । यसरी सरकारले दिएको अनुदानबाट एउटा काउलीको बिरुवाको नौ हाजार ९० रुपैयाँ परेको छ ।

त्यसो उनले काउलीसँगै एक किलो आलो पनि रोपेका छन् । सोही वडामा जयगङ्गा कृषक समूहले पनि अनुदानमा पाएको चार लाख दुरुपयोग गरेको छ । समूहका अगुवाले छिमेकीको बाख्रा देखाएको संसदीय अनुगमन समितिको दाबी छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Facebook Comments

फेसबुक

Holler Box