स्वास्थ्य

जाडोमा सुकुमेल खानुहोस्

सुकमेल सामान्यतया विभिन्न प्रकारका भोजनहरुमा मिठो स्वाद बढाउन प्रयोग गरिन्छ । तर, योबाहेक यसका अन्य थुप्रै फाइदाहरु पनि छन् । सुकमेल अधिक खानु पनि हानिकारक हुन्छ तर हरेक दिन दुईदेखि तीन वटासम्म सुकुमेल सेवन गर्नु लागि लाभदायी हुनेछ।

भोक नलाग्ने, बान्ता हुने, अपच हुने आदि समस्या छन् भने सुकुमेल खानाले कम हुन्छ । तिर्खा लागिरहन्छ अथवा घाँटी पोल्ने गरिरहन्छ भने सुकुमेल मिसाइएको पानी पिउँदा राम्रो हुन्छ। छातीमा कफ जमेको छ र सास लिन गाह्रो भइरहेको छ भने सुकुमेल खानाले कफ बाहिर निस्कन्छ र शरीरलाई राहत मिल्छ।

रुघाखोकी लागेको छ अथवा घाँटी खसखस भइरहने समस्या छ भने सुकुमेललाई पिसेर महसँग खानुपर्छ। सुक्खा खोकी लागेको छ भने सुकुमेल, तोरीको तेल र चिनी मिसाएर खानुपर्छ। यसले कफ बाहिर निकाल्न मद्दत गर्छ । ज्वरो आएर जीउ पोलेको छ भने सुकुमेल खानाले सहज महसुस हुन्छ। एजेन्सी

Facebook Comments

फेसबुक

Holler Box