साहित्य स्थानीय खबर

अध्यापन सँगै साहित्य पनि

प्रज्वल भट्टराई
कही कतै पाइला चाल्दा,
आफ्नै देशमा चालुम लाग्छ
देशकै लागि मर्न परे
नेपालमै मरुम लाग्छ (२)
दर्बार लाग्थ्यो अस्ति सम्म, आज मसान घाट भयो
बिस्वास गर्याहरुले घात्दा यही देशलार्इ घात भयो
स्वर्ग जस्तो देश आज दिउसै सुन्सान रात भयो
नेता सबै चुप बसे, कुन्नी के को मात थियो,
छिमेकी को माया हजुर सिमाना मा लात थियो,
नेपाली को मन दुख्यो, अस्तित्वको बात थियो,
स्वर्ग जस्तो देस आज दिउसै सुन्सान रात भयो,
नेता सबै चुप बसे कुन्नी के को मात थियो

श रुदा पाप लाग्छ, यो त अत्यचारनै भयो
पाचै औला सहि थिए स्वस्तिक चिन्न गलत भयो
पसिनाले कट्कटिएको औठा छाप चाइ बदर भयो
कुन्नी के के बदर भयो१ हात्ति गैडा सदर भयो
स्वर्ग जस्तो देश आज दिउसै सुनसान रात भयो,
नेता सबै चुप बसे कुन्नी के को मात थियो
अस्तित्वको बात थियो
सिमानामै लात थियो

मनै रोयो मेरो आज के देखे यो बेलामा
देश कै कुरा गर्छन सबै छोटो भेट र भेलामा
गरिब को मकै पाक्यो फुट पात र ठेलामा
देश सके नेता सबले गफको ताल र रेलामा

कुनै दिन त एस्तो आवोस मनले भनोस नेपाल
बलात्कार र डकैती मा देशको इजत नफाल
छोरी मरे छोरा मरे कस्त्को कति गिन्ती छ
१७,००० मर्दा पनि स्थिति त उस्तै छ ।

खाडी बाट पैसा आयो आधी मात्र रहन्छन
एयर्पोर्टको सुन ले खै कता बाटो मोड्छन
ठेकेदारको काम हजुर आदि गर्दै छोड्छन
कानुन को कुरै छोडुम बनाउनेले तोड्छन
सूर्योदय नगर्पालिका–१, इलाम

Facebook Comments

फेसबुक

Holler Box