अर्थ स्थानीय खबर

धुलाबारीमा औद्योगिक महोत्सवको तयारी पूरा

मेचीनगर, ७ पुस । झापाको धुलावारीमा नौ गतेदेखि शुरु हुन गइरहेको तेस्रो अन्तर्राष्ट्रिय औधोगिक ब्यापार कृषि तथा पर्यटन महोत्सब २०७६ को तयारी पुरा भएको छ ।

मेची उधोग बाणिज्य संघका अध्यक्ष रिषीराज तिम्सीनाले महोत्सवको तयारीबारे जानकारी गराउनु भएको हो । उहाँका अनुसार २०० वटा स्टल बुक भैसकेको र बाँकी ८ वटा स्टल थप गर्ने तयारी भैरहेको छ। आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रयाउन पनि बिशेष कार्यक्रम तय गरिएको तिम्सिनाले जानकारी दिनुभयो।

भ्रमण बर्ष २०२० लाई लक्षित गरी आयोजना गरिएको महोत्सवमा पूर्वी नेपाल लगायत भारतका दार्जिलिङ आसाम तथा पश्चिम वंगाल र भुटानबाट पनि पर्यटकहरु महोत्सवमा सहभागी हुने जनाइएको छ । पर्यटकको लागि आकर्षण गर्न हेलिकप्टरबाट झापा भ्रमण गराइने र इच्छुक पर्यटकहरुलाई ताप्लेजुङ्ग स्थित पाथीभरा देवीको दर्शन गर्ने ब्यवस्था मिलाइएको छ ।

मेची उधोग वाणिज्य संघको आयोजना र मेचीनगर नगरपालिका र नेपाल उधोग वाणिज्य महासंघको सहकार्यमा हुन गैरहेको सो महोत्सवको लागि मुख्य प्रायोजक रमपम तयारी चाउचाउ रहेको छ भने सह प्रायोजकमा आइएमइ बैंक र एघार वटा संस्था सहयोगी रहेका छन् ।

महोत्सव अवधिभर पर्यटकलाई मनोरन्जन दिन राष्ट्रियस्तरका कलालारहरु याम बराल, प्रमोद खरेल, इन्दिरा जोशी, एन्जीला रेग्मी, सुगम पोख्रेल लगायत दर्जन बढी कलाकार र स्थानीय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।

१ लाख ५० हजार पर्यटक भित्रयाउने लक्ष्यका साथ आयोजना गरिएको सो महोत्सवमा आर्थिक सम्बृद्दिको मुख्य हबको रुपमा बिकास गर्न यो महोत्सवले टेवा पुर्याउने बताइएको छ । महोत्सव भरी आर्थिक सम्बृद्दिलाई महत्व दिदै फरक फरक समयमा विज्ञहरुको उपस्थितीमा सेमीनार तथा छलफल जस्ता कार्यक्रम आयोजना समेत गरिने छ ।

सम्मेलनमा मेचीनगर नगरपालिका प्रमुख बिमल आचार्य, उपप्रमुख मिना उप्रेती पोखरेल, मेची उध्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिजय डालमिया, केशवराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments

फेसबुक

Holler Box