खेलकुद

युभेन्टस कोपा इटालियाको सेमिफाइनल प्रवेश

काठमाडौँ, ९ माघ । क्रिष्टियानो रोनाल्डोको युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । रोमालाई ३-१ गोल अन्तरले पराजित गर्दै युभेन्टस सेमिफाइनलमा पुगेको हो ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो, रोड्रीगो बेन्टानचुर र लिओनार्दो बोनुचीले एक एक गोल गरेका थिए । त्यस्तै रोमाका लागि गियानलुइगी बुफानले आत्मघाती गोल गरेका थिए । यो खेलमा गोल गरे सँगै २०२० मा ४ खेलमा ७ गोल गरेका छन् ।

Facebook Comments

फेसबुक