मनोरञ्जन

हाइप्रोफाइलकी बलिउड अभिनेत्री यौनधन्धामा !

एजेन्सी । बलिउड अभिनेत्री मोडेल फाइभ स्टार होटलबाट यौन धन्दामा संलग्न रहेको बेला प्रहरीले रंगेहात पक्राउ गरेको छ ।

भारतको पूर्वी गोरेगाऊको एक पाच तारे होटलमा प्रहरीले छापा मार्दा ८ जना युवती र छ जना दलाललाई पक्राउ गरेको हो । बिग बोस सिजन १३को प्रतिष्पर्धी अरहान खानकी पूर्व प्रेमीका ३२ बर्षिया अमृता धनोआलाई हाइ प्रोफाइल यौन धन्दामा संलग्न रहेको आरोपमा मुम्बई प्रहरीले गत शुक्रबार राति फाइभ स्टार होटलबाट पक्राउ गरेको थियो। जहाँ होटलबाट अर्की एक अभिनेत्री २६ बर्षिया ऋचा सिंहलाई पनि पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अमृताले शुरुमा होटलमा फिल्मको मिटिङ्गको लागि आएको बताएका थिए। तर,प्रहरीले पैसा लिदा लिदै रंगेहात पक्राउ गरेका थिए । उनले आफूलाई फ’साइएको बताएकी छिन्। यो सबै अरहानले आफूलाई फ’साउनका लागि गरेको अमृताको आरोप छ।

Facebook Comments

फेसबुक