विशेष स्थानीय खबर

झापामा अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलन

बनियानी, २८ माघ । झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलन हुने भएको छ ।

ज्योतिष शास्त्रमा एक रुपता ल्याउने उद्देश्यले नेपाल ज्योतिष परिसर, दक्षिण एसिया ज्योतिष महासंघ र विश्व ज्योतिष महासंघको संयुक्त आयोजनामा माघ २९ गते (भोलि) एक दिने सम्मेलन हुन लागेको हो ।

कार्यक्रमको पूर्व सन्ध्यामा आज बेलुका पत्रकार सम्मेलनको आयोजना गरी नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंकाबाट करिब दुई सय जनाको संख्या ज्योतिषहरुको सहभागिता रहने आयोजक संस्थाले जनाएका छन् ।

विश्व ज्योतिष महासंघका डा. लोकराज पौडेलले सम्मेलनमा वास्तु, मुहूर्त र फलिप ज्योतिष शास्त्रका विषयमा अवधारणा पत्र प्रस्ततु गरिने जानकारी दिनुभयो । ‘ज्योतिषहरुमा एक रुपता नहुँदा यो क्षेत्र संकटमा पर्दै गएको छ’, उहाँले भन्नुभयो, ‘सबैमा एक रुपता ल्याउन आवश्यक त्यसैले सम्मेलनको आवश्यकता महसुस गरेका हौँ ।’

एसियन एस्ट्रो कंग्रेस भारतका अध्यक्ष डा. सत्य विश्वासले ज्यातिष शास्त्र सीमा र घेरामा नबाधिने विज्ञानसम्मत विषय भएकाले यसलाई सरकारले मान्यता दिनुपर्ने बताउनुभयो । ‘मानिस जन्मेदेखि नमरेसम्म ज्योषित आवश्यक पर्छ’, उहाँले भन्नुभयो, ‘मानिसलाई प्राकृतिक जीवन जीउन मार्गनिर्देश गर्ने शास्त्रलाई सरकारी मान्यता नदिनु विडम्नापूर्ण छ ।’

नेपाल ज्योतिष परिषद्मा ७ हजार जनाको सहभागिता रहेको छ भने विश्व ज्योतिष महासंघका ५३ देशका ज्योतिषहरुको सहभागिता जनाइएको छ । ज्योतिष परिषद्को सबै प्रदेश र जिल्लामा समिति रहेको नेपाल ज्योतिष परिषद्का कोषाध्यक्ष प्रेमराज घिमिरेले जानकारी दिनुभयो ।

Facebook Comments

फेसबुक