स्थानीय खबर

मेचीनगरमा फेरि सामान बरामद

झापा, २८ माघ । झापाको मेचीनगर नगरपालिका–६ दुर्गा मन्दिरबाट प्रहरीले अन्दाजी १ लाख ७५ हजार मुल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

हिजो जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलले नेपालबाट भातरतर्फ लैजाँदै गरेको १२५ किलो मरीच २०० किलो छगडा र १५ कार्टुन स्याउ बरामद गरेको हो ।

बरामद गरिएको उक्त परिमाणको सामान इलाका प्रहरी कार्यालयमा राखि आवश्यक कानूनी प्रकृया पश्चात मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Facebook Comments

फेसबुक