विचित्र विश्व

सेल्फी लिनेलाई ‘मृत्युदण्ड’सम्म सजाय !

पर्यटकीय देश थाइल्याण्डको फुटेक आइल्याण्डको चर्चित समुद्री तटमा नियम विपरित सेल्फी लिने पर्यटकलाई अधिकतम सजाय ‘मृत्युदण्ड’ हुने अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् ।

थाइल्याण्डको सुरक्षा अधिकारीले तट नजिकैबाट फ्लाइट हुने भएकाले मानिसहरूलाई सेल्फीमाथि कडाइ गर्दै चेतावनी यस्तो सजाय हुने ब्यबस्था गरेको हो ।

सुरक्षाअधिकारीहरुका अनुसार, सेल्फीका कारण विमानस्थलका कर्मचारीहरू हैरान भएका छन् । तर, चेतावनीपछि पनि पर्यटकहरूले सेल्फी भने खिचिरहेकै छन् । थाइल्याण्ड सुरक्षा अधिकारीका अनुसार, नजिकैबाट उडिरहेको विमानका चालकको ध्यान सेल्फी लिनेहरूतर्फ जान सक्ने र खतरा उत्पन्न हुन सक्ने भएकाले पर्यटकहरूलाई चेतावनी दिइएको हो ।

अधिकारीहरूका अनुसार नियम तोड्ने पर्यटकलाई दिइने सजाय भनेको मृत्युदण्ड हो । यसका लागि तटमा एक घेरा बनाइनेछ, जहाँ पर्यटकलाई सेल्फी लिनबाट रोक लगाइनेछ ।

Facebook Comments

फेसबुक

Holler Box