कृषि विशेष स्थानीय खबर

बिर्तामोड नगरपालिका र सहारा नेपाल साकोसको सहयोगमा ७० कृषकलाई च्यापकटर मेसिन

बनियानी, ३० फागुन । झापाको बिर्तामोड नगरपालिकाले कृषकलाई च्यापकटर (कुट्टी काट्ने) मेसिन प्रदान गरेको छ ।

आज एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाले सहारा नेपाल साकोससँगको साझेदारी अनुदान कार्यक्रम अन्तरगत नगर क्षेत्रका ७० जना कृषकलाई उक्त मेसिन प्रदान गरेको हो ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतरा प्रसाईं, प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा, सहारा नेपाल साकोसका कार्यक्रम संयोजक किसन गौतम, प्रशासकीय अधिकृत देवराज कार्की, कृष शाखा प्रमुख राजेन्द्र कडरियालगायतले संयुक्त रुपमा च्यापकटर मेसिन कृषकलाई हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा नगरप्रमुख शिवाकोटीले नगरपालिकाले कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले मेसिन प्रदान गरिएको बताउनुभयो । ‘कृषिमा आधुनिकीकरण र कृषकको दैनिकीमा सहजता ल्याउन मेसिन प्रदान गरिएको छ’, उहाँले भन्नुभयो, ‘नगरपालिकाले प्रदान गरेको मेसिनको सदुपयोग गर्नुहोस्, कृषकको जीवनस्तर उकासिनु भनेको राष्ट्रकै विकास हुनु हो ।’

कार्यक्रममा कृषक नन्दु उप्रेतीले मेसिन प्रदान गरेकामा धन्यवाद दिँदै सही कृषकको पहिचान गरेर नगरपालिकाले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । ‘वास्तविक कृषकको पहिचान गरेर नगरपालिकाले सहयोग गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘नगरपालिकाले गरेको सहयोगको सदुपयोग भए÷ नभएको अनुगमन पनि गर्न आवश्यक छ, अनि मात्र कृषि क्षेत्रको विकास हुन्छ ।’

कार्यक्रममा उपप्रमुख प्रसाईंले नगरमा कृषि क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले अधिकतम् समय उत्पादन क्षेत्रमा लगाउन आग्रह गर्दै उद्यमशील भएमात्र विकासको लक्ष्य हासिल हुने उल्लेख गर्नुभयो । खेतीपाती र पशुपालन एक आपसमा परिपुरक भएकाले पशुपालनलाई प्रोत्साहन गर्न मेसिन प्रदान गरिएको बताउनुभयो ।

साझेदारी अनुदान कार्यक्रम अन्तरगत कृषकलाई बिर्तामोड नगरपालिकाले ४५ वटा र सहारा नेपाल साकोसले २५ वटा च्यापकटर मेसिन दिएको नगरपालिकाकी पशु सेवा शााख प्रमुख सावित्राकुमारी दाहालले जानकारी दिनुभयो । रू ६ लाख ४० हजारको लागतमा उक्त मेसिन खरीद गरिएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा पशु सेवा अन्तरगत रू एक करोड १६ लाख बजेट विनियोजन गरेको प्रमुख दाहालले जानकारी दिनुभयो ।

Facebook Comments

फेसबुक

Holler Box