राजनीति

लम्बियो लकडाउन, बैशाख ३ सम्म जारी

झापा, २४ चैत । सरकारले वैशाख ३ गतेसम्म लकडाउन अवधि थप गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अवधि बैशाख ३ सम्म थप गर्ने निर्णय गरेको बैठकमा उपस्थित एक मन्त्रीले बताए ।

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले सो निर्णय गरेको हो । कोरोनाको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको भन्दै सरकारले थप लकडाउन अवधि बढाएको हो । गत शनिबार एकबाट अर्को व्यक्तिमा कोरोना संक्रमण नतिजा सार्वजनिक भएसँगै थप चुनौती थपिएको छ ।

यसअघि सरकारले चैत ११ गतेदेखि लागू एक हप्ता लकडाउन गरेको थियो । त्यसपश्चात पनि चैत १८ गते थप एक हप्ता लकडाउन गर्ने घोषणा गरेको थियो । दोस्रोपटक थप गरेको अवधि भोलि सकिनै लाग्दा सरकारले फेरि लकडाउन अवधि थप गरेको हो ।

Facebook Comments

फेसबुक

Holler Box