विशेष स्वास्थ्य

कोरोना भाइरसबाट ८२ हजार बढीको मृत्यु, १४ लाख संक्रमित

झापा, २६ चैत । कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८२ हजार ८० पुगेको छ भने ३ लाख २ हजार १ सय ५० निको भएका छन् । हालसम्म कोरोना भाइरसबाट विश्वभर १४ लाख ३१ हजार ७ सय ६ जना संक्रमित भएका छन् ।

सबै भन्दा बढी कोरोना संक्रमित संयुक्त राज्य अमेरिकामा फेला परेका छन् । जहा अहिलेसम्म ४ लाख ४ जनामा १२ जना कोभिड–१९ पोजिटिभ देखिएको छ । अमेरिकामा ज्यान गुमाउनेको संख्या पनि १२ हजार ८ सय ५४ पुगेको छ ।

संक्रमणका कारण अमेरिकामा एकै दिन १९ सय ५२ जनाको ज्यान गएको हो । यो अमेरिकामा अहिले सम्मकै उच्च मृत्यु दर हो ।

सबै भन्दा बढी संक्रमित भएको दोश्रो र तेस्रो देशमा स्पेन र इटाली रहेका छन् । जहाँ क्रमश १ लाख ४१ हजार ५९ सय ४२ र १ लाख ३५ हजार ५ सय ८६ जनामा संक्रमण देखिएको छ ।

विश्वमा सबै भन्दा बढी ज्यान गुमाउने देश भने इटाली रहेको छ । जहाँ यो समाचार तयार पार्दासम्म १७ हजार १ सय २७ ले ज्यान गुमाइसकेका छन् ।

त्यसैगरी धेरै ज्यान जाने दोश्रो देश स्पेन रहेको छ । जहाँ १४ हजार ४५ जनाको मृत्यु भएको छ । छिमेकी राष्ट्र भारतमा पनि हालसम्म १६० जनाको ज्यान गइसकेको छ । भने संक्रमितको संख्या ५ हजार ३ सय ५१ पुगेको छ । भारतमा दिन दिने संक्रमित र मृत्युदर बढेपछि भारत सरकारले लकडाउनलाई थप कडाई गरेको छ ।

नेपालमा पनि ९ जनालाई कोभिड–१९ संक्रमणको पुष्टि भइसकेको छ । त्यसमध्ये एक जना भने निको भएर घर फर्किएका छन ।

Facebook Comments

फेसबुक

Holler Box