स्थानीय खबर

अलैँची व्यवसायीले दियो बिर्तामोडको राहत कोषमा एक लाख

बिर्तामोड, २६ चैत । नेपाल अलैंची व्यवसायी महासंघले बिर्तामोड नगरपालिकाले स्थापना गरेको राहत कोषमा रकम हस्तान्तरण गरेको छ ।

अलैँची व्यवसायीको एउटा टोलीले नगरपालिका कार्यालय पुगेर नगर प्रमुख ध्रुवकुमार सिवाकोटीलाई एकलाख रुपैयाँ हस्तान्तरण गरेको हो । महासङ्घका महासचिव सुवास भट्टराईले अलैँची व्यवसायीका तर्फबाट सहयोग रकम हस्तान्तरण गरिएको बताए ।

कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भन्दै सरकारले देश लक डाउन गरेपछि ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिक समस्यामा परेपछि उनीहरुको राहतका लागि बिर्तामोड नगरपालिकाले ५० लाख रुपैयाँको कोष स्थापना गरेको थियो ।

Facebook Comments

फेसबुक

Holler Box