समाज

इटहरीको कलेज नजिकै नवजात शिशुको शव फेला

सुनसरी, २७ चैत । सुनसरीको इटहरी उपमहानगरपालिका–८ गैसारमा रहेको नमुना कलेज पुर्वपट्टीको कल्भटमा नवजात शिशुको शव फेला परेको छ ।

बुधवार उक्त स्थानमा भर्खरै जन्माएर फालेको जस्तो देखिने स्त्री जातको नवजात शिशु मृत अवस्थामा रहेको भनी स्थानीयहरुले सूचना दिएसँगै इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ भने अन्य थप अनुसन्धान भइईरहेको उक्त कार्यालयले जनाएको छ ।

Facebook Comments

फेसबुक

Holler Box