स्थानीय खबर

कोभिड–१९ः कचनकवल र झापामा न फोटो लिने, नदिने, राहतमात्र दिने–लिने

कचनकवल, २७ चैत । दक्षिणी झापाको कचनकवल गाउँपालिका र झापा गाउँपालिकामा राहत फरक तरिकाले बितरण गरिएको छ ।

राहत वितरणका क्रममा विपन्न परिवारको तस्वीर लिएर गरीवको पहिचान झल्काउँदै सामाजिक सञ्जालमा तस्बीर पोष्ट गर्ने क्रम बढेको प्रति चर्को आलोचना भएपछि दुई गाउँपालिकाले राहत वितरण गर्दा छुट्टै तरिका अपनाएका छन् ।

कचनकवल गाउँपालिका १ घेरावारीमा राहत वितरणका क्रममा जति जनालाई राहत सामग्री प्रदान गरिने हो त्यती नै संख्यामा छुट्टा ÷ छुट्टै राहत सामग्री तीन मिटरको दूरी कायम गर्दै राखिने र नाम वोलाएपछि राहत सामग्री लाने गरिएको छ ।

राहत पाउने व्यक्तिको टोल विकास संस्थाका पदाधिकारीले नाम वोलाएपछि राहत सामग्री लिने र हस्ताक्षरण गर्ने अभियान सञ्चालन गरिएको छ । उक्त कार्यप्रति प्रशंसा गर्दै संघीय सांसद राजेन्द्रकुमार लिङ्देनले सामाजिक सञ्जालमा राहत वितरणको तरिका अरुलाई पनि काम लाग्न सक्छ भन्दै तस्बीर सहित पोष्ट गरेका छन् ।

Facebook Comments

फेसबुक

Holler Box