विशेष समाज

कोभिड–१९: अमेरिकामा सबै भन्दा धेरैको मृत्यु, विश्वभर ८८ हजार ५२९ को मृत्यु, १५ लाख बढी संक्रमित

झापा, २७ चैत्र । कोरोना भाइरस संक्रमणबाट इटलीपछि अमेरिकामा सबै भन्दा धेरै मानिसको ज्यान गएको छ । यो समाचार तयार पार्दा सम्म अमेरिकामा १४ हजार ७ सय ९७ जनाको ज्यान गइसकेको छ ।

यसअघि इटालीपछि स्पेनमा धेरैको ज्यान गएको थियो भने बिहीबारबाट स्पेनलाई अमेरिकाले उछिनेको हो । यो समाचार तयार पार्दा सम्म स्पेनमा १४ हजार ७ सय ९२ जनाको र इटालीमा १७ हजार ६ सय ६९ को ज्यान गैसकेको छ ।

तर अमेरिकामा सबै भन्दा धेरै संक्रमित रहेका छन । जहा यो समाचार तयार पार्दा सम्म ४ लाख ३५ हजार १ सय ६० लाई संक्रमण भइसकेको छ । अमेरिकामा बिहिबार मात्र १९ सय ७१ को ज्यान गएको थियो । त्यसै गरि बुधबार पनि १९ सय ४० जनाको ज्यान गएको थियो ।

अमेरिकामा इपिसेन्टर मानिएको न्यु योर्कमा सबै भन्दा बढी ६ हजार २ सय ६८ जनाको ज्यान गएको छ । त्यस पछी न्यु जर्सीमा एक हजार ५ सय ४ को ज्यान गएको छ । यो समाचार तयार पार्दा सम्म विश्व भर संक्रमितको संख्या १५ लाख १९ हजार १ सय ९५ पुगेको छ । त्यसैगरी ८८ हजार ५ सय २९ जनाले ज्यान गुमाइसकेका छन ।

Facebook Comments

फेसबुक

Holler Box