समाज

ब्राउन सुगरसहित २ जना पक्राउ

उदयपुर, २७ चैत । उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडाबाट नियन्त्रित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय ३० बर्षीय रत्नमणि भनिने रोहित चौधरी र ३४ वर्षीय बिसन राईलाई आधा ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Facebook Comments

फेसबुक

Holler Box