विचार विशेष

विदेशमा तनाव व्यवस्थापन गर्न गाह्रो हुन्छ

अमित संग्रौला
बिदेशमा सबथोक छ । दुख छ । परिवारको माया छ । देशप्रतिको प्रेम छ जति टाढा गए पनि आफ्नो देशलाई भुल्न सकिन्न । आफ्नो देश प्रतिको प्रेम भावना कस्तो हुन्छ भनेर बुझ्न सकिन्छ । अहिले जताततै कोरोना भाइरसको त्रास छ । यसले आत्मीयता बढायो तर सामाजबाट दुरि गर्यायो । मेरो देश मेरो नेपाल । मेरो नेपाल स्वर्गको टुक्रा हो ।

म दुबईमा बस्तै आएको छु । दुई वर्ष भयो । यहाँ ब्यस्त जीवनशैली छ । कसैलाई एकछिन पनि फुर्सद छैन । दिसा ( पिसाब गर्न पनि समय निकाल्नु पर्छ । यति धेरै ब्यस्त जीवन बाचीरहेका छन् ।सबैलाई आफ्नो ( आफ्नो दुख र पिरलो छ । बिदेशमा पैसा फल्छ भनेर भनिन्छ । तर यथार्थमा यस्तो हुदैन कडा परिक्षम र मिहेनत गर्नुपर्छ । यहाँ आफ्नो कोहि हुँदैन । बिरामी हुँदा तातोपानी खुवाउने समेत पनि हुदैनन् । यहाँ सबै आफै गर्नुपर्छ । हातमा पैसा हुँदा पनि दुखित छन् । परदेशमा मात्र काम हुन्छ । चौविसे घन्टा काम मात्र सोचिरहेको हुन्छन् ।त्यो भएर हासखेल रमाइलो गर्ने समय हुदैन । एउटै कुरा दिमागमा सोचीरहदा बढी तनाव र प्राय दिप्रेसनको शिकार भएको देखिन्छ । कसैको पनि मुहारमा हासो हुदैन ।

देश परिवार श्रीमती छोराछोरी छोडेर आएका हुन्छन् । उनीहरुको माया र चिन्ताले पनि मान्छेहरु तनाव सृजना गर्छ । अहिले त झन् कोरोना भाइरस फैलिएपछि मान्छेहरु मानसिक तनावमा फसेका देखिन्छ। ब्यस्त जीवन भएको कारणले तनाव व्यवस्थापन गर्न गाह्रो छ ।म नेपालमा रहदा खेरि तनाव ब्यवस्थापन गर्नको लागि योग ध्यान को अभ्यास गर्थे । दैनिक जीवनमा आइपर्ने तनाव हटेर जान्थ्यो ।

कोरोना विश्वमा फैलिएपछि खाडीमा बस्ने नेपालीहरुको कयौं को जागीर छुट्यो ।अहिले कामबिहिन भएर बसेका छन् । धेरै नेपालीहरु घर फर्कने योजनामा छन् ।परदेशमा कैले खानको ठेगान हुँदैन । कैले निद्रा पुग्दैन । परदेशमा रहनसहन दैनिकीमा एक्कसी परिवार आइदिन्छ । पहिलोपटक परदेश जादा झन् धेरै परिवर्तन आइदिन्छ । आफ्नो देशमा छुट्टै रहनसहन आफ्नो प्रकारको दैनिक हुन्छ ।यहाँ भने तेस्तो हुदैन । अर्काको अडानमा काम गर्नुपर्ने हुन्छ । यसले पनि तनाव सृजना गर्छ ।

अर्कोकुरा भने यहाँ आफ्नो छुट्टै प्रकारको जीवन बाच्न सकिन्छ । परदेशमा स्वतन्त्रता छ । रमाइलो मा रमाइलो छ । आफुले चाहेको इच्छा पुरा गर्न सकिन्छ । अलग्गै जीवन छ मान्छेहरुको । मैले भनेकै छु बिदेशमा सबथोक छ । सबैकुरा हुँदा पनि उ भने दुखी छ । दुख पोख्ने ठाउँ पनि छैन । कसलाई सुनाउनु र सुन्ने मान्छेहरु पनि छैन । कामको प्रेसर परिवारको याद धेरै आउँछ । आफ्नो देश छोडेर जादाखेरी । अहिले त अझ गाह्रो भएको छ । कोरोना भाइरसले त्रास फैलाइपछि मान्छेहरु घर जानेहरुको लाइन बढेको छ । समृद्ध र शक्तिशाली देशहरुमा अझ धेरै तनावमा बाचिरहेका हुन्छन् । किनकि उनीहरु लाई फुर्सद छैन । काममा फोकस छ । त्यसको देशहरुमा विकास पनि तिव्र गतिमा भएको छ । मान्छेहरु सबै हुदाहुदै पनि दुखित निरास भएको देखिन्छ । मानसिक तनावग्रस्त भएर बाचेका छन् । दुबईमा हेर्ने हो भने व्यस्त जीवनशैली भएको कारणले यहाँ पनि तनाव व्यवस्थापन गाह्रो हुन्छ ।

बिर्तामोड, हाल दुबई

Facebook Comments

फेसबुक

Holler Box