विचार विशेष

बुद्ध जयन्ती एक चर्चा

नवेश गुरुङ
आजको दिन विशेषत २६४४ औँ बुद्ध जयन्ती, २६०९ औँ बोधिलाभ पुर्णिामा, २५६४ औँ महापरिनिर्भाणा प्राप्तिको दिन हो । आज २६४४ औँ बुद्ध जयन्ती बिश्वभरिका बौद्धमार्गी एंवम धर्मप्रेमीहरुले श्रद्धा भावका साथ प्राथना, पुजा पाठ गरी उत्सव मनाउँदैछन् ।

राष्ट्रिय विभूति गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोगका नामले विशेष महत्वपूर्ण दिनका रुपमा लिने गरिएको छ । यधपी बर्तमान प्ररिपेक्षमा कोरोना भाईरस बिश्वब्यापि महामारीको रूपमा फैलिरहेको छ। जस अनुसार नेपालमा पनि यसले असर गरिरहेको छ । मानिस घर मै सुरक्षित भई रहन बाध्य भएका छन् ।

चिनको हुहान राज्यबाट फैलिएको कोरोना भाईरस आज बिश्व नै भयभित छ। बिश्वका देशहरु महिनै देखि लकडाउनमा छ। नेपालमा पनि लकडाउनको ४५ औँ दिन गुज्रिरहेको छ । जेठ महिनाको ५ गते सम्मको लागि तोकिए पनि अवस्था हेरेर लकडाउनको अबधि बढाईदैछ। यस्तो अवस्था जहाँ छौ त्यही सुरक्षीत रहेर बुद्ध जन्म उत्सव मनाउनु पर्ने भएको छ।

विगतका बर्षमा देशका विभिन्न जिल्लामा गुम्बा ,बिहार स्थानमा पुगि बौद्धमार्गी एंवम धर्मप्रेमीहरुले प्राथना ,पुजा पाठ गरने गरेका छन्। विशेष रूपमा बुद्ध जन्म स्थल लुम्बिनीमा स्वदेशी तथा बिदेशी बौद्धमार्गीहरु हजारौं को सङ्ख्यामा जमघट हुने गरेको छ । तथापि यो बर्ष लकडाउन रका कारण विगतमा जस्तै हजारौं को सङ्ख्यामा मानिस भेला भई कार्यक्रम आयोजना गर्ने अवस्था नभएकोले सम्पुर्ण कार्यक्रम स्थगित भएको छ । बुद्ध जयन्तीको तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनी बिकास कोषले मायादेवी मन्दिर परिसरमा सामाजिक दुरि कायम गरि बौद्ध भिक्षु(भिक्षुणी तथा लामा गुरूहरूबाट प्राथना, पुजा पाठ र २५ सय ६४ वटा दीप प्रज्वलनको कार्यक्रम राखेको छ ।

त्यस्तै सरकार बाट निर्देशित कोरोना भाईरसको महामारीका बेला पनि मानिसहरुको उपचारमा रातदिन खटिरएका स्वास्थ्यकर्मीको सम्मानमा सबै नागरिकमा देशै भरि आज साझँ दीप प्रज्वलन गर्न आव्हान गरिएको छ ।

जागृत मानव बुद्धः बुद्ध धर्ममा पुर्ण रूपमा जागृत वा निवाण प्राप्त ब्यक्ति ूबुद्धू हो । बुद्धको धर्म अनुसार सबै दुःख, अनुराग वा सांसारिक बन्धनबाट आउँछ । यी बन्धनहरुबाट मुक्त भए पछि मात्र निवाण प्राप्त भनिएको छ।

ग्रन्थ अनुसार सबै प्राणीले निवाण प्राप्त गर्न सक्ने भनिएको छ। कुनै जात, बर्ग, लिंङ नभई समस्थ प्राणीले निवाण प्राप्त गर्नेछ । बर्तमानमा साधारण रुपले ‘बुद्ध’शब्दले सिद्धाथ गौतमलाई मात्र चिनिन्छ ।यधपी बौद्ध दर्शन ग्रन्थ त्रिपिटकले बुद्ध बंशमा २८ बुद्धको उल्लेख गरिएको छ ।साथै भबिस्यमा धर्म पतन पछी जन्म हुने मैत्रेय बुद्धको बारेमा पनि उल्लेख गरिएको छ ।

सिद्धाथ कसरी बुद्ध ?
इतिहासकारका अनुसार नेपालको हाल रूपन्देही जिल्लाको लुम्बिनीको कपिलवस्तुमा इसापूर्व ५६३ मा जन्म भएकोमा एक मत देखिन्छन् । सिद्धार्थ गौतम राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्म लिई २९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा निसकिनु भएको थियो। ७ वर्ष कष्टकर तपस्या गर्दै हिंड्नु भयो ।

अन्तत कष्टकर मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महसुस गरि मध्य मार्ग् को बाटो अबलमबन गर्नु भयो।३६ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा एक पिपलको वृक्ष मुनि अधिषठानपूवक ध्यान बाट उहाँलाई बुद्धत्व प्राप्ति भयो । उहाँले भारतको सारनाथमा आफना पाँच शिष्यलाई पहिलो प्रवचन दिनुभएको थियो ।

जुन चार आर्य सत्यका जसमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने बारेमा शिक्षा दिनुभएको थियो ।

चार आर्य सत्य
दुःखः संसारमा दुःख छ । जन्ममा, बूढो हुनेमा, रोगमा, मृत्युमा, प्रियतमभन्दा टाढा हुनुमा, मन नपर्ने चीजहरू सहितमा, चाहिएकोलाई नपाउनुमा, सबैमा दुःख छ ।

दुःख प्रारम्भः दुःखको कारण छ । तृष्णा या चाहनाले दुःख जन्माउँछन् ।

दुःख निरोधः तृष्णाबाट मुक्ति पाए दुःखबाट मुक्ति मिल्नसक्छ ।

दुःख निरोधको मार्गः तृष्णाबाट मुक्ति । आर्य अष्टांग मार्गअनुसारको जीवनशैलीले दुःखबाट छुटकारा दिलाउँछ ।

बौद्ध धर्मका अनुसार आर्य अष्टांग मार्ग दुःख निरोधको बाटो हो । जस अनुरूप चार आर्य सत्यको सत्यताको निश्चय गर्नको लागि यस मार्गको अनुसरण गर्नुपर्छ स्

आर्य अष्टांग मार्ग
सम्यक दृष्टिः चार आर्य सत्यमा विश्वास गर्न
सम्यक संकल्पः मानसिक र नैतिक विकासको प्रतिज्ञा गर्न
सम्यक वाक्ः हानिकारक कुरा नगर्न र झूटो नबोल्न
सम्यक कर्मः हानिकारक कर्महरू नगर्न
सम्यक जीविकाः कुनै पनि स्पष्टतः या अस्पष्टतः हानिकारक व्यापार नगर्न
सम्यक प्रयासः आफूलाई सुधार्ने कोसिस गर्न
सम्यक स्मृतिः स्पष्ट ज्ञानबाट देख्ने मानसिक योग्यता पाउने कोसिस गर्न
सम्यक समाधिः निर्वाण पाउन

त्यसगरी अर्को महत्त्वपूर्ण शिल पञ्चशील
त्यसगरी अर्को महत्त्वपूर्ण शिल पञ्चशील जुन धर्मको प्रवेश ढोका हो । शील भनेको आफू र अरु प्राणीहरुलाई हानी नपुर्याउने मात्र नभई मन, वचन र कर्म९काम०ले हित उत्तम र सत्य व्यवहार, नियम, अनुशासन हो । शीलमा नरहेसम्म मनलाई शुद्ध बनाउन सकिन्न । शुद्ध मन भनेको अज्ञानता, रिस, राग, ईष्र्या र घमण्ड, अवगुण वा दोषहरु कम हुँदै अन्तमा पुर्ण रूपमा हट्नु हो ।

पञ्चशील निम्न छन्
हत्या नगर्नुः
चोरी नगर्नुः
झुठो नबोल्नुः
व्यभिचार नगर्नुः
मादक पदर्थ सेवन नगर्नुः

त्यसैगरी बुद्धले दिनु भएको अर्को महत्त्वपूर्ण शिक्षा जुन ततकालिन समयमा कुनै सभामा एक राज्यका शिष्यको प्रश्न ूमेरो राज्यमासबै प्रकारका मानिस छन् कोहि धनी ,कोहि गरिब, कोहि रोगि ,कोहि निरोगि छन् कोहि समान छैनन् किनरु ू उत्तरमा बुद्धले कुनै बगैंचाको विभिन्न जातका फलफूलको उदाहरण दिनु भएको थियो ।

जस्तो फल रोपेको छ उस्तै फल पाउने बताउनु भएको थियो ।फलस्वरूप उसको जन्म उसको कर्मको अनुसार हुनेछन्। बौध दशनको एक सुत्र कार्य र परिणाममा लेखिएको छ । सबै धर्म शुन्य छन् तर कार्य र परिणाम शुन्य छैनन्, जस अनुसार समस्त प्राणी जगतले उसले गरेको असल वा खराब कर्मका कारण पुर्न स्जन्म चर्क्र सुरुहुने बताएको छ ।

वर्तमान बिश्वमा घटिरहेको बिराकाल घटनाहरूलाई हेर्ने र मनन् गर्ने हो भने हरेक घटनाको पछाडि कार्य र परिणाम जोडिएको छ । वैज्ञानिक चमत्कारले मानिस भौतिक सुखमा रमाईरहेका छन्।

जब जब मानिसमा आफु भित्र दया ,प्रेम हराउँदै जान्छ उसमा आध्यात्मिकता शुन्य रहन्छ फलस्वरूप मानवता हराउदै जानेछ अनतगत मानिसमा हिंसा र अशान्ति बढयो भने जीवन अनि पृथ्वीलाई नै नस्ट गर्ने छन् । त्यस कारण बर्तमान समयमा बुद्धको शान्ति ,अहिसां ,दया,प्रेमको भावना मानिसले जागृत गरि समस्त प्रा‍णी जगत् को कल्याणमा लाग्नु मानवजातिको लागि हितकर हुनेछ ।

यस पटक सधै झै सार्वजनिक कार्यक्रम गरि बुद्ध जयन्ती मान्न अनुकुल छैन। आफु जहाँ छौ त्यहि सुरक्षीत भई बिश्वब्यापि महामारी कोरना भाईरसबाट वचन सरकार द्वारा निदेशित नियमलाई पालना गर्दै सामाजिक दुरी कायम गरि प्राथना, पूजा पाठ गरी बिश्व शान्तिको कामना गरौं ।

Facebook Comments

फेसबुक

Holler Box