विचार विशेष

राहत वितरणमा लापरबाही नगरियोस्

अमित संग्रौला
कोरोना भाईरस कोभिड–१९ महामारीको असरका कारण देश नै लगभग ठप्प बनेको अवस्था छ । धेरैले दैनिक रोजगारी गुमाउन पुगेका छन । दैनिकी ज्याला मजदुर गर्नेहरु भोकभोकै हुनु परेको छ । त्यसकारण देशभरि नै राहत कार्यक्रम अघि बढाइएको हो ।

अतिविपन्न परिवारलाई सहयोग होस् भनेर विभिन्न संघसंस्थाहरु मानवीय सेवाको लागी जुटेका छन् । राहतमा पनि चहलखेल हुन गएको छ । जसले राहत पाउनुपर्ने हो ति ब्याक्ती
हरुले पाउन सकिरहेको छैन । यहाँ मनमानी चलेको छ । जो गरिब निमुखा छन् । जसको घरमा चुलो बल्न धौधौ हुन्छ । तिनीहरुले राहत पाउनु आवस्यक छ ।

गरिब विपन्न समुदायका परिवारले पनि राहत पाउन भन्ने उद्देश्यले झापामा पनि एकको लागि एक अभियान सुरु गरिएको छ । सरकारले पनि राहतका लागि भनेर बजेट छुट्याइएको छ । जहाँ राहत पुग्नु पर्ने हो त्यहाँनेर पुग्न सकिरहेको छैन । यसमा पनि भस्ट्र्चार कालोबजारी बढेको देखिन्छ ।

कोरोना भाइरसको असरले गर्दा लामो समयसम्म लकडाउन भएकाले देशभरि नै जन जीवनमा प्रभावित पारेको छ । गएको महिना डिसेम्बर अम्तिमतिर कोरोना भाइरस फैलियो । चीनको वुहान शहरमा पहिलोपटक र अहिले संसारमा फैलियो।यसले धेरैको ज्यान समेत लियो । यो रोग शताब्दीकै ठूलो महामारी रुप देखा पर्यो ।

मान्छेहरु धेरै डराए । यसले विश्वमा त्रास सिर्जना गर्‍यो । शक्तिशाली देशहरु शिर झूक्न बाध्य भए । मान्छेहरु जिउने जीवनशैलीमा परिवर्तन गराएको छ । व्यापार बिजनेस उद्योग धन्दा बन्द भएपछि कतिले रोजगार गुमाउनु पर्यो ।आयस्रोत न आउने भएपछि मुखमा मुखमा माड लाउने अवस्था पनि रहेन ।रोगले मरिएला नमरिएल तर भोक मर्न नपरोस् ।त्यसैले राहतका लागि कार्यक्रम अगाडि बढाएको देखिन्छ ।

सरकारले कोरोडौ राहतका लागि भनेर छुटाए पनि सहि रूपमा सदुपयोग हुन सकिरहेको छैन । यसमा लापरबाही गरेका मान्छेहरुले विकासका पुर्वाधार पुग्न सकिरहेको छैन । नेपालमा त्यस्तो विकट ठाउँहरु पनि छ । त्यस्तो ठाउँमा राहतका कार्यक्रम लैजान जरुरी देखिन्छ ।

गरीब निमुखा पछाडि परेको वर्गले पनि राहत पाउन आवश्यक छ । नेपालमा विकट ठाउँ पनि छन् । राहत पुग्नुपर्छ । यसका लागि हामी सहकार्य गरेर मानवीय सेवामा लाग्नुपर्छ । राहत पनि विकृति बेथिति न फैलियोस् । कालोबजारी न गरौं । राहत पनि भस्ट्रचार नगरौं । असल नागरिक भएर हामी सचेत बनेर । हामी अगाडि बढ्नु जरुरी छ । त्यसकारण राहत वितरणमा लापरबाही नगरियोस् ।

बिर्तामोड, हाल दुबई

Facebook Comments

फेसबुक