मनोरञ्जन

निर्मला प्रकरणमा निर्मित चलचित्र ‘कोपिला’ डिसहोमबाट रिलिज

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको बताइएको फिल्म ‘कोपिला’ डिसहोम मार्फत रिलीज भएको छ ।

कोरोना भाईरसका कारण फिल्म हलहरु ठप्प भएपछि यतिबेला फिल्महरु रिलीज भएका छैनन् । हलमा रिलीज नभए पनि डिसहोम मार्फत यो फिल्म रिलीज हुन भएको हो ।

बैशाख ३० गतेबाट च्यानल नम्बर १०८ मार्फत हेर्न सकिने उक्त फिल्म दैनिक ८ शो प्रदर्शन हुन लागेको बताइएको छ । फिल्मले यसअघि हेटौडामा भएको बिशेष शो मार्फत आएको रकमबाट स्व. निर्मला पन्तको परिबारलाई ५० हजार सहयोग समेत गरिसकेको निर्माता मणिराज गौतमले बताए ।

Facebook Comments

फेसबुक

Holler Box