समाज स्वास्थ्य

डाक्टर पनि कोरोना संक्रमित

झापा, ७ जेठ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टरलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज कोरोना पुष्टि गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डाक्टर ललितपुरको पाटनमा बस्दै आएको जानकारी दिइएको छ ।

कोरोना रेस्पोन्स टिममा संलग्न उहाँको राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षण पोजेटिभ आएको हो । महाशाखामै कार्यरत डाक्टरलाई कोरोना भएको पाइएपछि टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेशनमा लैजाने तयारी छ ।

यसैगरी आज काठमाण्डौको गोकर्णेश्वर, तारकेश्वर र कालीमाटीमा एकरएक जनामा कोरोना पुष्टि भएको हो । उनीहरुलाई पनि नजिकैको अस्पताल लैजाने तयारी गरिएको छ । भक्तपुरमा आज कोरोना पुष्टि भएका व्यक्तिको भने ठाउँ खुलेको छैन । अहिले उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज काठमाण्डौ उपत्यकामा पाँचसहित थप २७ जनामा कोरोना पुष्टि गरेको हो । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या चार सय दुई पुगेको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार झापामा नौ, कपिलवस्तुमा चार, काठमाण्डौमा तीन, सर्लाहीमा दुई तथा ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, मकवानपुर, रामेछाप, लमजुङ, सिन्धुली र नवलपरासीमा एकरएक जना गरी २७ जनामा कोरोना पुष्टि भएको हो ।

Facebook Comments

फेसबुक

Holler Box