विशेष समाज स्थानीय खबर स्वास्थ्य

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या तीन पुग्यो

झापा, ७ जेठ । कोरोना भाइरस संक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । गुल्मीको मदाने गाउँपालिका–१ का ४१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा आज बिहान मृत्यु भएको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनुभयो । तर, अस्पतालले औपचारकिन जानकारी भने दिएको छैन ।

उनको स्वास्थ्यमा गम्भीर समस्या भएपछि भेन्टीलेटरमा राखेर उपचार गरिएको थियो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यस अघि बाँके र सिन्धुपाल्चोकमा एकरएक जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो। नेपालमा हाल सम्म ४०२ जना संक्रमित बहका छन ।

Facebook Comments

फेसबुक

Holler Box