स्थानीय खबर

आज एकाबिहानै थप ३० जनामा कोरोना पुष्टि, ४८७ पुग्यो

झापा, ९ जेठ । कोरोना भाइरस कोभिड-१९ बाट थप ३० जनामा संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र भक्तपुर अस्पताल, चितवनमा गरिएको परिक्षण अनुसार थप ३० नया पुष्टि भएको हो ।

संक्रमितहरुमा नवलपरासी बर्दघाट सुस्ता पुर्व बिनय त्रिवेणी गाउपालिका ६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केसर्बाघ, चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला, नवलपरासी, सुस्ता गाउपालिका ५ र रामग्राम नगरपालिका ३ र १८ निवासी ३३ र ३५ वर्षीय पुरुषहरु, १५ वर्षीय महिला, कपिलवस्तु बाणगंगा नगरपालिका मायादेवी गाउपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुषहरु र ८ वर्षीय बालिका, सर्लाही गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहअर्वा गाउपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३९ वर्षीय पुरुषहरु र १८ वर्षीय महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरु साइको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरु सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन । यो संगै नेपालमा संक्रमितको संख्या ४८७ जना पुगेको छ । त्यसैगरी ४९ जना निको भएर घर फर्किएका छन् । हाल सम्म कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ ।

Facebook Comments

फेसबुक

Holler Box