राजनीति स्थानीय खबर

नातिको जन्मदिनमा हजुरबुबाको पुनित कार्यः ३० परिवारलाई खाद्यान्न सहयोग

बिर्तामोड, ९ जेठ । निमार्ण व्यवसायी शेरबहादुर थापाले आफ्नो नातिको जन्मदिनमा लकडाउनका का समस्यामा परेकालाई खाद्यान्न सामग्री उपलब्ध गराएका छन् ।

बिर्तामोड–१ निवासी थापाले नाति हिमालविक्रम थापाको नौँ जन्मदिनको अवसरमा आफ्नो टोलका ३० परिवारलाई चामल, आलु, प्याज लगायतका खाद्य सामग्री उपलब्ध गराएका हुन् । प्रति परिवार चामल १० केजी, प्याज २ केजी, आलु २ केजी लगायतका खाद्य सामग्री दिइएको हो ।

लकडाउन कारण दैनिक ज्याला मजदुरी गर्ने र विपन्न परिवार काममा जान नसकिरहेकाहरुको दुःखलाई नजिकबाट बुझेर सहयोग गरिएको थापाले बताए । उनकी श्रीमती निर्मला थापा, नाति हिमालले विपन्न परिवारलाई खाद्यान्न सामग्री दिएका थिए ।

‘कोरोनाको महामारीले विश्व नै संकटमा परेका बेला फजुल खर्च गर्नु उचित लागेन’, थापाले भने, ‘समस्या परेकालाई थोरै भए पनि राहत पुगोस् भनेर सहयोग गरिएको हो ।’ थापाले लकडाउनका बेला टोलमा बिरामी परेकालाई घरघरमै पुगेर औषधि पनि बाँडिरहेको बताए ।

Facebook Comments

फेसबुक

Holler Box