विचार

नेपालीको आर्थिक पाटोः सम्भावना र चुनौती

टिकार्जुन शिवाकोटी
अर्थतन्त्रलाई चलायमान बनाउनका लागि भोलिका दिनहरु नेपालको लागि निकै चुनौतीपूर्ण रहेको छ । किनभने आज नेपाल पुरै अन्तर्राष्ट्रिय समुदाय कोभिड–१९ ( कोरोना भाइरस) बाट आक्रान्त छ । र, नेपाल पनि निश्चित रुपमा प्रभावित हुने नै भयो– विश्वव्यापीकरणको कारणले गर्दा । तसर्थ, नेपालका आउने दिनहरु कस्ता–कस्ता सम्भावना र चुनौतीहरु छन् त ? छोटकरिमा कुरा गर्न चाहन्छु ।

सम्भावनाहरु
(१) हामीसँग प्रचुर मात्रामा पर्यटकीय स्थलहरु रहेका छन् । सगरमाथा, लुम्बिनी, पशुपतिनाथ, तालहरु, अनेकौँ मन्दिरहरु आदि ।
(२) जलविद्युत्को सम्भावना छ । धैरै अटुट रुपमा बग्ने नदीहरु छन् । सप्तकोसी, सेती, कर्णाली, तामाकोसी आदि । करिब ८३ हजार मेघावाट जलविद्युत् निकाल्ने सम्भावना छ ।
(३) लाखौंको संख्यामा रहेका श्रमजीवी हातहरु विकास, समृद्धि र समाज कल्याण अन्तिम लक्ष्य भएर केही गर्न आतुर रहेको अवस्था छ ।
(४) अन्तर्राष्ट्रिय समुदायका राष्ट्रहरु पनि लगानीको उचित वातावरणको खोजीमा छन् । निसन्देह पनि उनीहरुलाई विश्वासमा लिन सकिन्छ ।
(५) देशमा अहिले तुलनात्मक रुपमा उर्जा संकटको समस्या छैन् । यसलाई राम्रोसँग उच्चतम उपयोग गर्न सकिने अवस्था पनि छ ।
(६) राजनीतिमा वैचारिक रुपमा त्यति धेरै असमझदारीहरु छैनन्, विकास र समृद्धि हासिल गर्नका लागि । किनभने सबै राजनीतिक दलका अन्तिम लक्ष्य भनेको आर्थिक समृद्धि नै हो ।
(७) रुपमा बाहिर जे देखिए पनि सारमा राजनीतिक रुपमा स्थायित्व नै देखिन्छ ।
(८) बैंक तथा वित्तीय संघसंस्थाहरुको पहुँचमा पनि अत्याधिक पहुँच र बृद्धि भएको अवस्था छ । धेरै आमजनता त्यसमा सचेत नै देखिन्छन् ।
(९) सूचना र प्रविधिमा धेरैभन्दा धेरै आमनागरिकको पहुँचमा व्यापक रुपमा उल्लेखनीय रुपमा विकास भएको छ ।
(१०) विभिन्न मानव विकास सूचकहरुले सकारात्मक नै देखाएको छ ।
(११) राष्ट्रिय गौरबका आयोजनाहरु धमाधम सञ्चालनमा आइरहेका छन् । जस्तै भेरी बंबई बहुउद्देश्यीय परियोजना, लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, अपर तामाकोसी जलविद्युत् परियोजना, बुढीगण्डकी जलविद्युत् परियोजना, बागमति सिँचाइ परियोजना आदि ।
(१२) अरु पनि थुप्रै भौतिक पूर्वाधारका क्षेत्रमा व्यापक रुपमा कार्यहरु सञ्चालनमा आएका छन् ।

चुनौतीहरु
(१) नेपालमा कोरोना भित्रिएको छ । र, यो विस्तारै–विस्तारै बढ्ने क्रममा छ र यो आउने दिनमा खतरनाक हुने सम्भावना देखिँदै छ ।
(२) आर्थिक स्रोत जुटाउने सवालमा निकै हम्मे–हम्मे पर्ने देखिन्छ । किनभने अब प्ररत्यक्ष विदेशि लगानी घट्ने देखिन्छ ।
(३) विप्रेषण पनि अब घट्ने देखिन्छ । किनभने आर्थिक मन्दिका कारणले अन्तर्राष्ट्रिय श्रम बजारबाट धेरै मात्रामा नेपाली कामदारहरू स्वदेशमा आउने वाला छन् ।
(४) वैदेशिक अनुदानमा पनि कटौतीको सम्भावना छ ।
(५) नेपालमा रोजगारीको कटौतीको व्यापक सम्भावना छ ।
(६) समाजमा अराजकता, आपराधिक कार्यहरु बढ्ने अवस्था छ । जसले गर्दा समाजमा शान्ति सुरक्षाको अवस्था झनै गम्भीर हुने स्थिति छ ।
(७) आमजनतामा निराशा, रिसराग, डाह, बैमनस्यता, घृणा, अहङ्कार जस्ता कुराहरु अझै बढ्ने देखिन्छ ।
(८) राजनीति सेवा नभएर पेशा अनि व्यापार हुने सम्भावना सझै व्यापक रुपमा हुने देखिन्छ ।
(९) सरकारलाई अझै ठूलो आर्थिक, सामाजिक, नैतिक दायित्व बढ्ने देखिन्छ ।
(९) सरकारी तथा नीजि क्षेत्रलाई अझै धेरै आर्थिक, सामाजिक, नैतिक दबाब र समस्या देखिन सक्छ ।
(१०) मान्छेले धैर्य, विश्वास, विवेक, मर्यादा, सभ्यता, संयमता, अनुशासन गुमाउने सम्भावना अझै बढ्न सक्छ ।

विकासको मोडल
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको विकास मोडलमा निम्न कुराहरु समावेश गरिनु पर्दछ ।
(१) प्रकृतिमैत्री
(२) आत्मनिर्भर केन्द्रित
(३) विज्ञान प्रविधिको अधिकतम् उपयोग गर्ने तर मानवकेन्द्रित हुने
(४) सामाजिक न्याय स्थापित
(५) समावेशीकरणको वृत्ति
(६) श्रमजीवी वर्ग केन्द्रीकृत
(७) दिगो विकासको चरित्र बोकेको

बजेट यस्तो हुन पर्छ
(१) कोरोना पीडितलाई राहत अनुभुत गराउन सक्ने, रोकथाम, नियन्त्रण र उपचार हुन सक्ने ।
(२) खाडल खन्न लगाउ, फेरि पुर्न लगाउ खनेको र पुरेको दुबैको ज्याला देउ मतलब अर्थतन्त्र चलायमान बनाउ ।
(३) आजको आवश्यकता कृषिको आधुनिकीकरण (कृषि क्रान्ति) हो ।
(४) लगभग २० लाख नेपालीहरु विदेशबाट आउनेवाला छन् । तिनीहरुलाई पनि व्यवस्थापन गर्ने हिसाबले नीति निर्माण र योजना बनाइनु आजको समयको माग हो ।
(५) त्यसका लागि के–के गरेर रोजगारी सिर्जना गर्न सकिन्छ त्यो अनुसारको काम गर्न पर्छ ।
(६) उत्पादनमा बृद्धि हुने किसिमका नीति तथा कार्यक्रममा जोड दिनुपर्छ ।

सरकारको नीति तथा कार्यक्रमका समबन्धमा
रोजगारी
– विदेशबाट आउने नेपालीहरुलाई कृषिको आधुनिकीकरणमा जोड दिने नीति लिने ।
– कृषिको आधुनिकीकरण र व्यावसायीकरण गर्नको लागि आधुनिक मल, बीउ, मेसिन, औजार, सीपमा जोड दिने ।
– त्यसमा सरकारले सहुलियत ऋणको व्यवस्थापनका साथै बालीको उचित बिमा र अनुदान दिइने ।
– स्नातकोत्तर उत्तिर्ण विद्यार्थीहरुलाई विकास निर्माणमा लगाइने ।
— युवाहरुलाई आधुनिक सीप सिक्न प्रेरित गर्ने र त्यसका लागि सीटीइभीटी बाट मान्यता प्राप्त सीपहरु दिने व्यवस्था गरिने, सिकिसकेपछि रोजगारी व्यवस्थापन गर्ने ।

शिक्षा नीति
त्रिभूवन विश्वविद्यालयको स्तर उन्नति गर्ने ।
विश्वविद्यालयको भौतिक पूर्वाधारमा जोड दिने ।
शिक्षालाई खोज र अनुसन्धानमुखी र व्यावहारमुखी बनाउने ।
मदन भण्डारी विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालयमा स्तर उन्नति गर्ने, त्यसका लागि समयअनुसारका विषयव्तुहरु अन्तर्राष्ट्रिय जगतमा भएका अभ्यासहरुमा जोड दिने ।

स्वास्थ नीति
स्वास्थ क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणकार्य गर्ने
स्थानीय निकायमा भएका वडा स्वास्थ चौकीमा आवश्क सेवाहरु बृद्धि र स्तर उन्नति गर्ने
सरुवा रोगको नियन्त्रण, व्यवस्थापन र निराकरण गर्नकै लागि ३०० शैयाको केन्द्रीय र ५० शैयाको प्रदेश स्तरीय अत्याधुनिक र सुविधासम्पन्न अस्पताल निर्माण गरिने ।
स्थानीय निकायका वडाहरुमा योग, शिविरहरु ध्यान केन्द्रहरु र आरोग्य केन्द्र स्थापना गर्ने ।
प्रमुख राजमार्गमा ट्रमा सेन्टरहरु खोलिने र सञ्चालनमा ल्याउने ।
अन्तर्राष्ट्रिय विमानस्थल÷ सीमा क्षेत्रमा हेल्थ डेक्स क्वारेनटाइन गृहको स्थापना गरिने ।

निष्कर्ष
सबै राजनीतिक दलहरुको अन्तिम लक्ष्य भनेको दिगो, आर्थिक विकास र समृद्धि नै हो र यसमा कुनै फरक मत नै छैन । तसर्थ उक्त लक्ष्य हासिल गर्नका हेतु सबैले आफ्नो ठाउँबाट उल्लेखनीय योगदान गर्नु पर्छ । जस्तै–
(१) भएको श्रोत साधनको अधिकतम् उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने
(२) सबै क्षेत्रमा रहेकाले आफ्नो काम, कर्तव्य र अधिकारलाई मर्यादित, विवेकशील र अनुशासनमा रहेर काम गर्ने ।
(३) व्यक्तिगत, दलगत स्वार्थभन्दा माथि उठेर समाज कल्याणमा आफ्नो सम्पूर्ण ध्यान अनि कर्मलाई लगाउने ।
(४) कमाउनिष्ट पथबाट कम्युनिष्ट पथतर्फ जाने ।
(५) सञ्चालनमा आएका परियोजनालाई समापनतर्फ पुर्याउन आवश्यक कदमहरु सबैबाट हुन पर्ने ।
(६) कोरोनालाई समाधान, नियन्त्रण र व्यवस्थापन गर्ने तर्फ अग्रसर हुने ।

Goldhap, Jhapa

Facebook Comments

फेसबुक

Holler Box