विशेष शीर्ष खबर स्थानीय खबर

असहायको सहाराः खाडीको डोरी लाहुरे

नवेश गुरुङ
‘मागेर होइन, कमाएर समाजसेवा गर्न चाहन्छु । कमाएको पैसा समाजसेवामा खर्च गर्छु । किनकि सास रोकेर उकुस–मुकुस हुन चाहान्न’– यो भनाइ प्रसिद्ध गायक तथा समाजसेवी आनी छोइङ डोल्माको हो । उनको भनाइले जोकोहीको मनमा परोपकारको भावना जगाउँछ ।

यस्तै उद्देश्य र भावना भएका एक मनकारी जो खाडीको पराई ठाउँबाट आफ्नो श्रम बेचेर रातदिन दुःखी, असहायको साहाराको डोरी बनिरहेका छन् । केही वर्ष अघिदेखि सामाजिक सञ्जाल मार्फत मानवीय सेवाम अग्रसर छन् । उनी को हुन् ? उनको नाम के हो ? कसैलाई थाहा छैन ।

‘खाडीको डोरी लाहुरे’ नामको फेसबुक एकाउन्ट चलाउँछन् । त्यही आइडीबाट उनले आफूजस्तै मन भएका सहयोगी साथी बनाउँछन् । उनलाई संयोजक बनाएर आर्थिक अवस्था कमजोर भएका, असहाय, विपन्न वर्गलाई सहयोग गरिरहन्छन् । उनले फेसबुकमा सहयोगको अपिल देख्ने बित्तिकै आफैँ चासो लिई सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्छन् । तर, उनी प्रचार र चर्चामा आउन चाहँदैनन् ।

उनी विशुद्ध मानवीय सेवामा विश्वास राख्छन् । उनकै शब्दमा समाजसेवा देखाउनको लागि होइन, समाज सेवा विशुद्ध मानवीय सेवाको लागि हो । जुन प्रचार गरिन्छ, त्यो सेवा होइन । उनले आफ्नो फेसबुकमा पोस्ट गरेका विचारबाट थाहा पाउन सकिन्छ । साथीहरूको जिज्ञासामा उनको प्रतिक्रिया ।

This image has an empty alt attribute; its file name is 98441054_576406736589928_8566080601336053760_n.png

विदेशी भूमिमा लाखौँ नेपाली श्रम गरिरहेका छन् । आर्थिक अवस्था कमजोर भएका नेपाली दिनरात आफ्नो श्रम बेच्न बाध्य छन् । श्रम गरेको पैसा आफ्ना परिवारलाई पठाएर सुसी देख्न चाहन्छन् । सधैँ अरूको लागि सोच्ने मनकारी मन भएका नेपाली मन हिमाल जतै अग्लो छ ।

विदेशीमा श्रमको दुःखलाई भुलेर नेपालीको दुःखमा आँशु पुछिदिन हरदम तयार भइरहने सहयोगी मनको धनी खाडीको डोरी लाहुरे आज करोडौँ नेपालीको प्रेरणाको डोरी बनिरहेका छन् । देशमा लकडाउनको दुई महिना बितिसकेको छ अझ लकडाउन लम्बिने देखिन्छ । यस्तो अवस्थामा मानिसहरू घरमै रहन बाध्य छन् । ज्यालादारी गर्ने मजदुर यतिबेला उनीहरूको दैनिकी ठप्प छ ।

उनीहरू सहयोगको अपेक्षा गरिरहेका छन् । सरकारले नगरपालिका, गाउँपालिकामार्फत् एकद्वार प्रणाली लागू अहिलेसम्म २÷३ चरणको राहात बाडिरहेको छ । तर, राहत उनीहरूलाई पयाप्त भने छैन । जसकारण सहयोगी संस्था, स्वदेश तथा विदेशमा रहेका मनकारी नेपालीहरूले छाती खोलेर सहयोग गरिरहेका छन् । जसमध्ये खाडीको डारी लाहुरे पनि एक हुन् ।

नेपालका विभिन्न जिल्लासँगै झापाका केही स्थानीय तहका वडाहरूका विपन्न परिवारको पहिचान गरी स्वयम्सेवी मार्फत राहत वितरण गरिरहेका छन् । उनलाई झापामा बिर्तामोड–४ का स्वयम्सेवी स्वतन्त्र नागरिक समाजका संयोजक देव संग्रौला (देवि) ले राहत वितरणमा सहयोग पुर्याइरहेका छन् ।

उनकै माफत हालसम्म ५ सय विपन्न परिवारलाई खाद्यान्न वितरण गरिसकिएको र आगामी दिनमा पनि सक्रिय रूपमा लागि पर्ने समाजका संयोजक संग्रौलाको भनाइ छ । यस सत्कार्यमा मनकारी गैरनेपाली युकेबाट लीला राई, मलेसियाबाट प्रेम सापकोटा पनि जोडिएका छन् । आगामी दिनमा सामाजिक क्षेत्रलाई फराकिलो बनाउँदै ‘लीला राई फउण्डेस’ स्थापना पनि गरिएको र दर्ता प्रक्रिया भइरहेको देव संग्रौला बताउँछन् ।

भनिन्छ, जीवनमा मरेर के नै लानु छ र ? लाने त केवल पाप र पुण्य मात्र त हो । त्यसैले बाँचुञ्जेल अरूलाई सहयोग गर्नु, आर्जन गरेको धन समाजको हितमा खर्च गर्नु नै मानवीय धर्म हो ।

पक्कै पनि जात, धर्म, लिङ्ग भन्दा मानवता ठूलो हुन्छ भन्ने उदाहरण पराई भूमिमा रहेर पनि आफूले पाएको ज्यालाबाट केही रकम विपन्न नेपालीको दुःखको आँशु पुछिदिन हरदम मन खालेर सहयोग पु¥याउने उनी हरेक नेपालीको प्रेरणाको स्रोत बन्न सक्छन् । पंक्तिकार पनि आफूलाई दुःखी, असहायको लागि परोपकारी हुन चाहन्छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box