मनोरञ्जन

क्राइम पेट्रोलकी कलाकार प्रेक्षा मेहाताद्वारा आत्महत्या

एजेन्सी, १४ जेठ । चर्चित भारतीय टेलिभिजन शो क्राइम पेट्रोलकी कलाकार प्रेक्षा मेहाताले आत्महत्या गरेकी छन ।

२५ वर्षीय प्रेक्षाले मध्यप्रदेशको इन्दोरस्थित आफ्नै घरमा आत्महत्या गरेको हिरा नगर पुलिस स्टेशनका अफिसर इन्चार्ज राजिव भादोरियाले एनडीटिभीलाई बताए । उनलाई मंगलबार बिहान उनको कोठामा रहेको पंखामा झुण्डिएको अवस्थामा भेटिएपछि परिवारले उनलाई तत्काल अस्पताल पुर्याएका थिए । तर डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।

लकडाउन अगाडी मुम्बई रहेकी प्रेक्षा लकडाउन पछी आफ्नो घर इन्दोर गएको खुलेको छ । पछिल्लो समय लकडाउनका कारण गुमेको कामका कारण उनी डिप्रेशनमा गएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रेक्षाको ज्यान लकडाउनले लिएको भन्दै फिल्ममेकर मिलाप फावेरीले पनि अभिव्यक्ति दिएका छन ।

प्रारम्भिक अनुसन्धानमा डिप्रेसनको कारण उनले आत्महत्या गरेको भने पनि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रेक्षाले क्राइम पेट्रोल लगायत, मेरी दुर्गा, लाल इस्कमा पनि अभिनय गरेकी छन । उनी अक्षय कुमारको पदम्यानमा पनि अपिरेन्स पाएकी थिइन ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box